नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन् (इकाई) सुनसरीकाे अध्यक्षमा नारायण प्रसाद आचार्य निर्वाचित

नेपाल लेखापढी कानून व्यवसायी एसोसिएसन् (इकाई) कार्यालय समिति इनरुवा, सुनसरीकाे अध्यक्षमा नारायण प्रसाद आचार्य निर्वाचित हुनुभएको छ । एसाेसिएसन निर्वाचन आयोग संयाेजक रमेश तिम्सिनाले सार्वजनिक गर्नुभएको मतपरिणाम अनुसार अध्यक्षमा नारायण प्रसाद आचार्यले २०० मत ल्याई निर्वाचित हुनुभएको छ भने उहाँको निकतम प्रतिद्वन्द्वी श्यामकुमार रायले १६० मत प्राप्त गर्नुभयो । नेपाल लेखापढी कानून् व्यवसायी एसोसिएसन् (इकाई) कार्यालय इनरुवा सुनसरीको मंगलवार सम्पन्न निर्वाचनमा अर्को उमेदवार ध्रुव कुमार उपाध्यायले ४८ मत पाउनुभयो । उपाध्यक्षमा इन्द्र कुमार सुवेदीले १८९ मत ल्याएर विजयी हुनुभयो भने उहाँको निकटतम प्रतिद्वन्द्वी विष्णु प्रसाद अधिकारीले १३६ र पिताम्वर ढुङ्गानाले ९३ मत पाउनुभयो ।

सचिवमा प्रताप भट्टराई निर्विरोध निर्वाचित हुनुभयो । सह-सचिवमा अर्जुन दाहालले २०५ मत ल्याई विजयी हुनुभयो भने निकटतम प्रतिद्वन्द्वी चन्द्रहरि रिजाल (चोमन) ले ९७ र अर्का खिला प्रसाद सुवेदी (के.पि.)ले ९३ मत पाउनुभयो । कोषध्यक्षमा चेवन भट्टराई निर्विरोध निर्वाचित हुनुभयो । सह-कोषध्यक्षमा लक्ष्मी चौधरी, (भान्जि)ले १९५ मत ल्याई विजयी हुनुभयो । सुनिल बराल (साने)ले ११२ राज कुमार अधिकारी (राजु)ले ९८ मत पाउनुभयाे । नेपाल लेखापढी कानून् व्यवसायी एसोसिएसन् (इकाई) सदस्यहरुमा वेद प्रसाद पोखरेलले ३११, रुदिप निरौलाले २९५, गोपाल यादवले २५७,निर्मल कुमार खवासले २७२, नितेष झा २६३ , मोतीलाल चौधरीले २५३, सागर गुरुङ्ग २७९ मत सहित विजयी हुनुभयो । कृष्ण प्रसाद घिमिरे २१५, संजित कुमार यादव २४१ र दिपक कुमार दाहाल २४७ मत प्राप्त गरि पराजित हुनुभएको निर्वाचान समिती संयोजक रमेश तिम्सिनाले जानकारी दिनुभयो ।