जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ १७ गते । सुनसरीको इनरुवा नगरपालिका क्षेत्रमा माध्यमिक शिक्षा उतिर्ण परीक्षा एसईईको तयारीमा रहेका विधार्थीहरुलाई प्रशिक्षण दिएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन)इनरुवाको आयोजनामा १५ बढी नीजि विद्यालयबाट एसईई परीक्षाको तयारीमा रहेका विधार्थीहरुलाई प्रशिक्षण दिएको हो ।

निजी विद्यालयका विधार्थीहरुलाई एसईई परीक्षा लक्षित विधार्थी अभिमुखिकरण कार्यक्रमको आयोजना गरि प्रशिक्षण दिएको प्याब्सनका इनरुवा अध्यक्ष रमेश गुरागाईले जानकारी दिनुभयो । अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्नुहुदै प्रमुख अथिति जिल्ला समन्वय समिति महासंघका केन्द्रिय अध्यक्ष राजन मेहताले विधर्थाीहरुको प्रतिभालाई प्रस्फुटन र परीक्षालाई मर्यादित बनाउनका लागि उत्प्रेरणा दिने उदेश्यले निजी तथा तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन) को कार्यक्रम प्रभावकारी हुने बताउनुभयो । उहाँले परीक्षालाई परीक्षा जस्तो र जिवनमा काम लाग्ने शिक्षाका लागि समेत अभिमुखिकरण आवश्यक भएको बताउनुभयो ।


त्यसैगरी प्रशिक्षक तथा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमिल्सिनाले बालबालिकाहरुलाई चौतर्फी विकास र सुशासनका लागि यो कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।

उहाँले सरकारी सेवामा प्रवेशको तयारी, प्रहरीको काम र लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियानका बारेमा विधार्थीहरुलाई प्रशिक्षण दिनुभयो । प्रमुख प्रशिक्षक डाक्टर तारा जीले उत्प्रेरणा सहितको प्रशिक्षण दिनुहुदै सवै मानिस संसकारका लागि आवश्यक भएर जन्मेकाले केही न केही गर्नुपर्ने र त्यसको काम विधर्थाीहरुले पनि आफू अनुकुल गर्न जरुरी रहेको बारेमा प्रशिक्षण दिनुभयो । कार्यक्रममा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल (प्याब्सन)का विष्णु कोईराला, जिल्ला उप सचिव मनोजकुमार यादव, प्रिन्सिपलहरु शिशिर दत्त, रामविलास यादव, ओमप्रकाश यादव, आषिश थापा सहितको उपस्थिती रहेको थियो ।


१, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक रामप्रसाद तिमिल्सिनाले बालबालिकाहरुलाई प्रशिक्षक दिनुहुदै ।
तस्विर ः जयकृष्ण यादव ।