यादव समुदायको असल अभ्यासकाे विकास र केही सुधार गर्नुपर्ने विषयमा सामुहिक प्रयास

जजन्युज । इनरुवा
भगवान कृष्ण वंशका सन्तानको रुपमा परिचित यादव समुदायको असल अभ्यासकाे विकास गर्ने र केही सुधार गर्नुपर्ने विषयमा सामुहिक प्रयास गर्ने भएको छ । समुदायको विकास र आफ्नो पहिचानलाई थप उजागर तथा संरक्षणमा ध्यान दिदै नेपाल यादव सेवा समिति सुनसरीको वार्षिक समिक्षा तथा रणनितिक योजना सम्बन्धि कार्यकमकाे तयारी गरेको छ । समिति अध्यक्ष देवकृष्ण यादव गाेबरधनले दिनुभएको जानकारी अनुसार माघ २६ गते शनिबार सुनसरीकाे इनरुवा ०१ स्थित प्रिसियस एकेडेमीको प्रङ्गनमा विहान ११ बजे यादव समुदायको असल अभ्यासकाे विकास र केही सुधार गर्नुपर्ने विषयमा सामुहिक प्रयास स्वरुप भेला बाेलाईएकाे छ । उक्त भेलाले १४ वटा प्रस्ताव माथि दफाबार छलफल गर्ने र त्यसमा सबैकाे सल्लाह सुझाव र प्रतिक्रिया सहितको आवश्यक भएकोले अगुवाहरुलाई आथित्यता ग्रहणका लागि अनुरोध गर्नुभएको छ ।
यादवले दिनुभएको जानकारी अनुसार नेपाल यादव सेवा समितिको लागि जग्गा खरिद तथा भवननिर्माण ,समुदायको विचमा एकता सहजीकरण , उपचार तथा श्रद्धान्जली सम्बन्धमा ,विवाह एवम् दाइजो प्रथा न्यूनिकरण सम्बन्धमा जातीय पहिचान, पतिभा पहिचान तथा सम्मान ,यादव समुदायलाई दुरव्यसन मुक्त बनाउने सम्बन्धमा छलफल गर्ने प्रस्तावहरु रहेको छ । त्यसैगरी रक्तदान सहित लोक कल्याणकारी कार्यकम, नयाँवर्ष, दशैं, तिहार, छठ् पर्व होली, सहित पर्व उत्सव, राजनैतिक क्षेत्रमा समुदायिक भुमिका, SEE सहित उच्च शिक्षामा गरिव, जेहेन्दार, विपन्नको पहुच सम्बन्धमा, बाटोघाटा, मठ, मन्दिर , आफ्नो कोष निर्माण, चाैरासि मैनजन, देवान तथा भोजभतेर र विविध विषयमा छलफल गर्ने प्रस्तावहरु सहितको पत्राचार गरिएको छ ।

