सुनसरीकाे भाेक्राहा नरसिंह गाउँपालिका ६ का भूषण कुशवाहाकाे जन्म दिनमा स्थानीय विधालयमा हाजिरी जवाफ प्रतियोगिता गरेको छ ।

विधार्थीकाे प्रतिभा प्रस्फुटन र मानसिक विकासका लागि भन्दै भूषण कुशवाहाकाे जन्म दिनमा स्थानीय विधालयमा हाजिरी जवाफ प्रतियोगिता गरेको हो ।

कृषि विकास बैंकमा कानुन अधिकृत रहनुभएका राजकिसाेर मेहताले आफ्नो छाेरा भूषण कुशवाहाकाे जन्म दिनमा जनता आधारभुत विधालयमा हाजिरी जवाफ प्रतियोगिता गर्नुभएको विधालयले जनाएको छ ।

विधालयका शिक्षक प्रतिप मेहताका अनुसार मिना मेहता, बुनु उराव, रणवीर मेहता र अनमोल ठाकुर समूह प्रथम भएको छ । प्रथम समूहलाई स्कुल व्याग सहित स्टेसनरी पुरस्कार प्रदान गरेको छ ।

प्रिती कुमारी मण्डल,पंकज  ऋषिदेव, करन सदा र काजल मेहता समूह दितिय , आनिसा कुमारी मेहता, विवेककुमार मेहता,गुनसागर कुमार मेहता समूह तृतीय भएको छ ।

त्यसैगरी अनु मेहता, भिम उराँव, प्रियका  मण्डल, राजीव मण्डल सान्त्वना भएको विधालयका व्यवस्थापन समिति अध्यक्ष सतार अन्सारीले जानकारी दिनुभयो । विजयी प्रतियोगिताका प्रथम, दितिय , तृतीय , सान्त्वनालाई प्रमुख अथिति भूषण कुशवाहाका हजुरबुबा देवनारायण मेहताले पुरस्कार वितरण गर्नुभयो । जन्म दिनमा आयोजना गरेको कार्यक्रममा जनता आधारभुत विधालयका शिक्षकहरु, भुषणका ठूलो बुवा दिनेश मेहता, समासेवी लुकमान अन्सारी , पत्रकार जयकृष्ण यादव सहितको उपस्थिति रहेको थियो ।

  हाजिरी जवाफ प्रतियोगितामा विधालयभरीका बालबालिकाहरुकाे उपस्थिति रहेको विधालयले जनाएको छ ।