कोशीमा अध्यक्ष कप फुटबल प्रतियोगिता

सुनसरी जिल्लाको कोशी गाउँपालीका वडा नम्बर ५ स्थित कुम्याहीमा रहेको मिल्लत स्पोर्टीङ्ग फुटबल क्लबको मैदानमा अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ । कोशी गाउँपालीकाको कार्यालयको आयोजना एवं अलइस्लाह ऐजुकेशनल एण्ड वेलफेर सोसाइटी कोशी ५ को प्रायोजनमा शनिवारबाट
छैठौं अध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको हो।

मिल्लत स्पोर्टीङ्ग फुटबल क्लब कोशी ५ का अध्यक्ष सफिय मियाँको अध्यक्षता एवं कोशी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीको प्रमुख आतिथ्यमा सुरु भएको प्रतियोगितामा विभिन्न आठ ओटा टोलीको सहभागिता रहेको आयोजकले जनाएको छ । उक्त अध्यक्ष कप फुटबल प्रतियोगिताको प्रमुख अतिथि अन्सारीले उद्धाटन गरेका हुन ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका महासमिति सदस्य मनोज साह, नेपाली कांग्रेसका नेताहरु उपेन्द्र कटवाल, सुलेमान मन्सुरी, साह जमाल, अमरेन्द्र मेहता, धर्मेन्द्र विश्वास, जीवानन्द झा लगायतको उपस्थिति रहेको थियो । यसैबीच उद्घाटन खेलमा चक्रघट्टी लाई हराउदै बक्लौरी विजयी भएको छ ।