युनियनको टिके प्रथाकाे विरोध, निर्वाचन समितिलाई बेवास्ता गरेको खुलासा
जजन्युज । सुनसरी
नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समितिको लेटर प्याड प्रयोग गरि नेताको घरमा केहि कर्मचारीले एकलौटी गठन गरेको भन्दै विरोध भएको छ । कर्मचारी जस्तो गरिमामय संस्थाले उपभाेक्ता समिति गठन जस्तो हुलहुज्जत गरेको र त्यसको भाेलिपल्ट युनियनको पदाधिकारी टिके रुपमा गरेको भन्दै विराेध भएको हो । टिके प्रथाकाे विरोध भएको छ भने निर्वाचन समितिलाई बेवास्ता गरेको समेत खुलासा भएको छ । देशको ठूला पार्टी मध्ये एक नेपाली कांग्रेसले आफ्नो सुभेक्छुक संस्थालाई अनुशासन कायम गर्न नसकेकोमा कार्मचारी वृतमा असन्तुष्टि बढेकाे छ । यता आईतवार घाेषणा गरेको समितिमा आफुलाई थाहा जानकारी नदिई नाम राखेको भन्दै मिनवहादुर श्रेष्ठले आपत्ति जनाउनुभएकाे छ ।

उहाँको विज्ञप्तिमा भनिएको छ, “आज मिति २०८१।१०।२७ गते नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समितिको लेटर प्याड प्रयोग गरि नेताको घरमा केहि कर्मचारी उपस्थित भई गठन भएको टिके कार्य समितिमा मेरो नाम सदस्य पदमा देख्दा मेरो गम्भिर ध्यानाकर्षण भएको छ। हिजो मिति २०८१।१०।२६ मा स्थगित भएको अधिवेशनवाट सर्व सम्मत् कार्य समिति गठन भएको झुट्टा व्यहोरा उल्लेख गरि आज मिति २०८१।१०।२७ मा नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय कार्य समिति काठमाडौंमा पत्राचार भएको देखेर म अचम्मित भएको छु। त्यस कारण नेपाल निजामती कर्मचारी नियममा आवद्ध सुनसरी जिल्ला भित्रका कर्मचारी साथीहरुलाई कतिपनि विचल्लित नभई रहन र कानुन सम्मत् रुपमा नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समितिको २०८१।१०।२६ मा स्थगन भएको ९औं जिल्ला अधिवेशन निकट भविश्यमा हुने व्यहोरा जानकारी गराउँदै म टिके कार्य समितिमा नरहेको व्यहोरा जानकारी गराउँदछु ।”
मिनवहादुर श्रेष्ठपछि अर्को स्टाटस युनियन
निर्वाचन समिति सदस्य धिरज भट्टराईले लेख्नु भएको छ, “नेपाल निजामती कर्मचारी युनियन सुनसरी नेपाल निजामती कर्मचारी युनियन सुनसरीको आज २०८१-१०-२७ गते गठन भएको नया कार्यसमिति प्रति मेरो ध्यानाकर्षण भएको छ ।कर्मचारी युनियनले माघ २० गते निर्वाचन गर्ने प्रयोजनका लागी म सहित तीन सदस्यीय निर्वाचन समिति गठन गरेको थियो । अधिवेशन स्थलमा हिजो भएको अवरोधले निर्वाचन सुरु गर्न असम्भव भएका कारण हामी निर्वाचन स्थलमा प्रवेश नै गर्न पाएका थिएनौ । कुनै पनि उम्मेद्बारको मनोनयन दर्ता नभएको अवस्थामा आज अचानक युनियनको नयाँ जिल्ला कार्यसमिति निर्बिरोध निर्वाचित भएको समाचार समाजिक संजाल बाट थाहा पाउदा म लगायत सम्पुर्ण निर्वाचन समिती अचम्मित भएका छौ । विधि बिधान र प्रक्रिया बिना र निर्वाचन समितिको अनुपस्थितिमा भएको कार्यको जिम्मा निर्वाचन समितिले लिन नसक्ने ब्यहोरा समेत यसै बक्तब्य मार्फत सरोकार वाला सबैमा जानकारी गराउदछु । “

निर्वाचन समिति सदसय धिरज भट्टराईले विधिको शासन नमान्ने उदघाटन सत्र भाडभैलाे गरेको र आफुखुसी बन्द सत्रमा हुने गठन र निर्वाचन प्रकृयालाई लत्याएकाेमा ध्यानाकर्षण भएको प्रतिक्रिया दिनुभयो ।
