सुनसरीकाे भाेक्राहा नर्सिङ गाउँपालिका ४ मा रहेको शिव मन्दिरमा शिव महादेवको मुर्ति स्थापना तथा प्राण प्रतिष्ठाकाे तयारी भएको छ । प्राण प्रतिष्ठाकाे अवसरमा सयौंको संख्यामा भक्तजनको सहभागीतामा कलश यात्रा निकालिएको हो ।

स्थानीय पत्रकार गनेश यादवले दिनुभएको जानकारी अनुसार श्री शिव मन्दिर संरक्षण तथा संबर्द्धन समितिकाे आयाेजनामा शुक्रबार भोक्राहा नरसिंह गाउँपालिका वडा नं-४ चिरौली स्थित कलस यात्रा निकालिएको हो । यहा रहेको शिव मन्दिरमा शिव महादेवको मुर्ति स्थापना तथा प्राण प्रतिष्ठाकाे अवसरमा कलश यात्रा निकालिएको आयोजकले जनाएको छ । महिला तथा किसाेरीहरुले चिराैलिबाट सुरु गरेकाे कलश यात्रामा श्रद्धालु भक्तजनहरुकाे उत्साहजनक सहभागीता रहेकाे थियाे । उनिहरुले सुनसरी खाेलाबाट जल भरि पुनः शिव मन्दिरमा गएर कलश यात्रा सम्पन्न गरेको थियाे ।


कलस यात्रामा भाेक्राहा नर्सिङ गाउँपालिका अध्यक्ष अजमल अख्तर आजाद समेतको उपस्थिति रहेको थियो ।

तस्विर : गनेश यादव । सुनसरी