सामाजिक परिवर्तन केन्द्रको आयोजनामा भोक्राहा नरसिंह गाउँपालिका वडा नं ५ मा सरोकारवालाहरुविच संवाद बैठक सम्पन्न भएको छ । इनरुवा नगरपालिकाको वडा नं ४ र भोक्राहा गाउँपालिकालाई जोड्ने वडा नं ५ क्षेत्रको राष्टिय राजमार्गमा रहेको सनुसरी खोलाको पुल देखि दक्षिण तर्फ २ दशक अघिदेखि संचालनमा रहेका बाबा पेपर उद्योग र अरबिन्द पेपर उद्योगबाट निस्किएको दुषित पानि र फोहोरको कारण कागज उद्योग आसपासको मानव बस्ति वातावरणिय र स्वास्थ्य सुरक्षाको दृष्टिकोण बाट चुनौतिपुर्ण अबस्थामा रहेको गुनासो बढेको गुनासो बढेको छ ।

उद्योग बाट उत्पादन भएको फोहोर, खरानि, मैलो रसायनयुक्त पानि, कागज तथा प्लास्टिकको टुक्रा, तार फलामको टुक्राको उचित व्यबस्थापन नभएको कारण सिंगो वस्ति नै दुर्गन्धित भएको भन्दै स्थानियवासिन्दा र वडाका
जनप्रतिनिधिको गुनासो वाहिरिएको कारण स्थानिय भोक्राहा गाउँपालिका र वडा नं ५ को समन्वयमा बाबा र अरविन्द पेपर उद्योग व्यबस्थापनका प्रतिनिधि, प्रभावित समुदाय, ठुला किसान, राजनितिक दलका प्रतिनिधि, वडाका जनप्रतिनिधि र पालिका उपाध्यक्ष विच भोक्राहा नरसिंह ५ नं वडा कार्यालय भवनमा संवाद बैठक आयोजना गरि उद्योग व्यबस्थापन र जनप्रतिनिधिद्धारा उद्योगबाट बाहिरिएको फोहोर पानि खोलामा नबगाउने, खरानि, प्लाष्टिकको टुक्रा तार फलाम भएका कागजका टुक्रा वाहिर नफ्याँकने , वातावरण संरक्षण प्रति सबैले जागरुकता बडाउने तथा उद्योगहरुले आफ्नो स्वामित्वको जग्गामा स्थायि घेराबेरा गर्ने, फोहोर पानि भण्डारण गर्न पोखरी निर्माण, पुननिर्माण र व्यबस्थापन गर्ने तथा पालिका र वडाले नियमित अनुगमन गरि आबश्यक सल्लाह सुझाव र पृष्ठपोषण गर्ने प्रतिबद्धता जाहेर गरि कार्य प्रगति र सुधारलाई आधार मानेर आबश्यक्तानुसार फलोअप बैठक आयोजना गर्ने सहमति सहित संवाद बैठक सम्पन्न भयो ।


बैठक भोक्राहा नरसिंह वडा नं ५ का वडा अध्यक्ष हविव मन्सुरीको अध्यक्षता एबं भोक्राहा नरसिंह गापाका उपाध्यक्ष एबं न्यायिक समितिका संयोजक सुनिता कुमारी उराँवको आत्थियतामा सम्पन्न कार्यक्रममा जयकृष्ण यादवले संवाद सहजकर्ताको भुमिका निर्वाह गरेका थिए ।