सुनसरीको इनरुवा नगरपालिकाको न्यायिक समितिले रामधुनी नगरपालिकाको न्यायिक समितिको अध्ययन अवलोकन भ्रमण गरेको छ ।


नगरपालिकाका उपमेयरसमेत रहेका न्यायिक समितिका संयोजक विनिता कुमारी मेहताको नेतृत्वमा आएको टोलीले रामधुनीको भ्रमण गरेको हो । टोलीलाई नगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजन गेलालले स्वागत गर्नुभयाे । गेलालले न्यायिक समिति र मेलमिलापकर्ताहरुलाई स्वागत गर्नुहुदै सामाजिक न्याय, शान्तिपूर्ण समाज निमार्ण र समुदायको समस्या समुदायमै मिलाउन न्यायिक समिति र मेलमिलापकर्ताकाे भुमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । इनरुवा न्यायिक संयोजक विनिता कुमारी मेहताको नेतृत्व टाेलिलाई रामधुनी न्यायिक समितिका संयोजक तारा थापाले आफ्नो नगरको असल अभ्यासहरुकाे विषयमा जानकारी गराउनुभयाे । नगरका मेयर शंकरलाल चाैधरी र प्रमुख प्रशासकीय अधिकृत प्रमाेद चाैधरी काम विशेषले बाहिर रहेका कारण नगरले गरिरहेका न्याय सम्पादनका विषयमा निमित्त प्रमुख प्रशासकीय अधिकृत गेलाल र कानुन अधिकृत निराजन ओझाले जानकारी गराउनुभएका थियाे । त्यसैगरी न्यायिक समिति कर्मचारी एलिना श्रेष्ठले समग्र नगरपालिका न्यायिक समितिले गरिरहेका कामकारबाहीका बारेमा प्रगति प्रतिवेदन समेत टोलीलाई अवगत गराउनुभयाे । टोलीले नगरको बजेट बाँडफाँटको अवस्था, न्यायिक समितिप्रति जनअपेक्षा, विकास निर्माणमा टोल संगठनहरुको भूमिका, ईजलास, संघ र प्रदेश सरकारसँगको समन्वयको अवस्थालगायतका विषयमा जिज्ञासा राखेको थियो । इनरुवा टोलीमा न्यायिक समितिका सदस्य मनाेज यादव, कावा सदस्य शारदा भट्टराई, मेलमिलापकर्ताहरु,उजुरी प्रशासक लगायतको सहभागिता रहेको थियो । टोलीले न्यायिक समितिको इजलासको समेत अवलोकन गरेको थियो ।
“रामधुनीको इजलास साँच्चिकै व्यवस्थित र आकर्षक रहेछ,” संयोजक मेहताले भन्नुभयाे, “अन्य पालिकाहरुको पनि इजलास अवलोकन गर्यौँ, यहाँको अलि व्यवस्थित रहेछ ।” पालिकास्तरमा अध्ययन अवलोकन भ्रमण हुनुपर्नेमा उहाले जोड दिनुभयाे । मेलमिलापकर्ता जयकृष्ण यादवले पनि अध्ययन भ्रमणले अनुभव आदानप्रदान हुने र राम्रो पक्षको अनुशरण गरेर आफ्नो पालिकाको विकास गर्न सकिने बताउनुभयाे । सहजकर्ता लभ कुमार यादव, कानुनि सल्लाहकार निमेष पाेखरेल , आन्तरिक लेखा परिक्षक देवनारायण मेहता, मेलमिलापकर्ता हिरा उराँव, बुधनारायण मेहता सहित ३० जनाकाे सहभागीता रहेको थियो ।