अफवाह फैलाएर शान्ति सद्भाव भड्काएको अभियोगम सिर्जना बेघा गिरफ्तार
सुनसरी
२०८१ फागुन ७ गते ।
सुनसरीको धरान उपमहानगरपालिकाको अफवाह फैलाएर शान्ति सद्भाव भड्काएको अभियोगमा धरान उपमहानगरपालिका ८ भाेटेपुलकि ३६ वर्षीया सिर्जना बेघालाई गिरफ्तार गरेको छ । इलाका प्रहरी कार्यालय धरानको टोलीले सिर्जनालाई फागुन ७ गते बिहान अमरहाटबाट गिरफ्तार गरेको हो। सामाजिक सञ्जालमा अफाह फैलाएर साम्प्रदायिक बनि धरानको शान्ति सद्भाव भडकाएको, अवैध चन्दा असुली कार्यमा संलग्न रहेको अभियोगमा सिर्जना बेघालाइ पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकास जबेगुले बताउनुभयाे। वर्षदिन अगाडिदेखि सिर्जनाले धरानको शान्ति सद्भाव भड्काउन कानुनविपरीतका क्रियाकलाप गरेको प्रहरीले जनाएको छ। यस अगाडि सार्वजनिक स्थलमा गोरु काटेर भोज खाएको भिडियो सामाजिक सञ्जालमा हालेको र इलाका प्रहरी कार्यालयको गेटमा तोडफोड गरेको अभियोगमा पनि सिर्जना पक्राउ पर्नुभएकाे थियो । उहाँलाई जिल्ला अदालत सुनसरीमा म्याद थपका लागि लग्ने तयारी छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता ईनिस्पेकटर दिनेश अधिकारीले मेघामाथि अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ। सिर्जनाले सामाजिक सञ्जालको दुरुपयोग गरि प्रहरी प्रशासन विरुद्ध झुटा आरोप लगाउने गरेको बताउनुभयाे ।
