अरविन्द मेहता ( प्रदेश सचिव)
विराटनगर ७ फागुन । नेपाल पत्रकार महासंघ कोशी प्रदेशको तेस्रो बैठकले छ वटा विभागहरुलाई पूर्णता दिएको छ । विराटनगरमा फागुन ६ गते सम्पन प्रदेश कार्य समितिको बैठकले प्रदेशस्तरीय गतिविद्यि लाई प्रभावकारी रुपमा संचालन गर्न विभागका संयोजक तथा सदस्यहरुलाई िजम्मेवारी दिएर पूर्णता दिएको हो ।
महासंघका प्रदेश महासचिव हेमा चेम्जोङ्गले संगठन विभाग, तालीम तथा आचारसंहित र अनुगमन विभाग , महिला विभाग , सूचना तथा प्रविद्यि विभाग ,समावेशी तथा स्वास्थ्य विभाग र आर्थिक तथा प्रकाशन विभागलाई पूर्णता दिएको वताईन ।


जसअनुसार संगठन विभागमा हेमा चेम्जोङ्गलाई संयोजक र धुव्र भट्टराई , अरविन्द कुमार मेहत्ता , सुदिप कोइराला र बुद्धमाया सोडमीलाई सदस्यको जिम्मेवारी दिने बैठकले निर्णय गरेको छ । यस्तै आचार सहिंता तथा अनुगमन विभागको संयोजकमा कुमोद अधिकारी र सदस्यहरुमा इन्द्र गिरी , चन्द्र कार्की , राजकुमार ओली , लाक्पा जी शेर्पा , खनेन्द्र राई र अमृत विश्वकर्मालाई जिम्मेवारी दिएको छ । । बैठकले महिला विभागको संयोजकमा अम्बिका भण्डारीलाई जिम्मेवारी दिनुका साथै सदस्यहरुमा हिमाकुमारी चेम्जोङ्ग , वुद्ध सोङमी , विनु चेम्जोङ्ग र अमृत विश्वकर्मालाई सदस्यमा मनोयन गरेको छ । त्यस्तै सूचना तथा प्रविद्यि विभागको संयोजकमा धुव्र भट्टराई र सदस्यहरुमा पर्शुराम थापा ,लाक्पा जी शेर्पा र आशिष यादव मनोनयन भएका छन ।
समावेशी तथा स्वास्थ्य विभागको संयोजकमा अरविन्द कुमार मेहत्ता तथा लाक्पा जी शेर्पा , खनेन्द्रकुमार राई , आशिष कुमार यादव , रामधन राई , विनु चेम्जोङ्ग , बुद्धमाया सोङमी , लुकमान अन्सारी र अभिनाश निधिलाई सदस्यमा बैठकले मनोनयन गरेको छ । आर्थिक तथा प्रकाशन विभागको संयोजकमा सुदिप कोइरालालाई मनोनयन गरिएको छ ।
कोशी प्रदेशका अध्यक्ष भरत खडकाले आवश्यकता र औचित्य हेरी विभागमा सदस्यहरु थपिदै लाने बताए । पत्रकार महासंघको गरिमालाई उच्च पार्दै प्रदेशका श्रमजिवी पत्रकारहरुलाई पेशागत सुरक्षाको प्रत्याभूति दिन विभागहरु गठन गरिएको जानकारी दिए ।
यस्तै बैठकले प्रदेश सरकारले प्रदेश सभामा पेश गरको आमसञ्चार विधेयकको स्वागत गरेको छ । प्रेस तथा अभिव्क्ती स्वतन्त्रा विरोधी विषयहरु हटाएर पत्रकार मंैत्री तथा मिडिया सवलीकरण विधेयक ल्याउन पनि बैठकले जोडदार माग गरेको छ । संञ्चार विधेयकका विषयमा प्रदेश सभा सदस्य तथा विद्यायन समितिमा आवश्यक छलफल तथा परामर्श गर्न अध्यक्ष भरत खडकाको नेतृत्वमा महासचिव हेमा चेम्जोङ्ग र सचिव अरविन्द कुमार मेहत्ता सदस्य रहेको समन्व्य तथा सहजीकरण समिति गठन बैठकले छ ।
यस्तै बैठकले महिला पत्रकारहरुको क्षमता अभिवृद्धी गर्न खोजमूलक तालीम संचालन गर्ने , व्यवसायीक पत्रकार उत्पादन गर्दै संचारगृहहरुलाई उद्योगको रुपमा विकास गर्न कार्ययोजना बनाउने , पत्रकार महासंघका गतिविद्यि र सूचनालाई सार्वजनिक गर्न सूचना तथा प्रविद्यि विभागलाई वेभसाईट निर्माण गर्न जिम्मेवारी दिने र नयाँ बर्ष २०८२ सालको अवसरमा महासंघको गतिविधिलाई समेटेर क्यालेन्डर प्रकाशन गर्न प्रकाशन विभागलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।