दिनहुँ १६ जना : नेपालमा आत्महत्या ‘निरन्तर’ बढ्नुका कारण के होलान्
स्रोत :प्रदीप बस्याल बीबीसी न्यूज नेपाली
नेपालमा आत्महत्या हुने क्रम पछिल्लो एक दशकमा एक वर्ष मात्र घटेको र बाँकी नौ वर्ष बढेको तथ्याङ्कले देखाएको भन्दै नेपाल प्रहरीले त्यसलाई ‘भयावह अवस्था’ भनेको छ।

चालु आर्थिक वर्षको छ महिनामा समेत विगतका क्रमजस्तै ३,१३४ जनाले आत्महत्या गरेको प्रहरी विवरणमा देखिनुले यस वर्ष समेत त्यो अघिल्ला वर्षमा झैँ उल्लेख्य नै देखिने सम्भावना देखिएको एक वरिष्ठ प्रहरी अधिकृतले बीबीसीलाई बताएका छन्।
- एक दशकको तथ्याङ्कका आधारमा बर्सेनि झन्डै छ हजार मानिसहरूले आत्महत्या गर्ने गरेको देखिन्छ। यो भनेको औसतमा एक दिनमा झन्डै १६ जनाले आत्महत्या गर्ने प्रवृत्ति विद्यमान छ।
- चेतावनी : यस सामग्रीमा उल्लिखितआत्महत्यासम्बन्धी विवरणले कतिपय मानिसलाई विचलित बनाउन सक्छ।
- नेपालमा आत्महत्या रोक्न यस्तो सहयोग उपलब्ध छ१० अगष्ट २०२१
- नेपालमा असामयिक मृत्यु गराउने १० कारण२९ मई २०१८
- यो सङ्ख्या वैदेशिक रोजगारीका क्रममा विदेशमा हुने मृत्युको करिब छ गुणा वा सडक दुर्घटनाबाट वार्षिक रूपमा हुने दुर्घटनाको दोबरभन्दा बढी हो।
- प्रहरीमा दर्ता हुने कुल मुद्दामध्ये करिब पाँच भागको एक भाग आत्महत्याको पाइनुले पनि यो समस्या विकराल बनिरहेको दर्साउने प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख एआईजी कुबेर कडायत बताउँछन्।
- “विगतमा आत्महत्या दुरुत्साहनमा मुद्दा नचल्नेमा पछिल्लो कानुनी व्यवस्थामा त्यो उल्लेख भएपछि मुद्दा दर्ता हुने क्रम स्वाभाविक रूपमा बढेको छ,” एआईजी कडायत बताउँछन्।
- “आत्महत्या रोकथामका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा यससम्बन्धी सचेतना र मनोपरामर्श नै हो।”
- तस्बिर स्रोत,Getty Creative Stock
- सम्भाव्य कारण
- एक वरिष्ठ मनोचिकित्सक सामाजिक जीवन तनावपूर्ण हुँदा विभिन्न रूपमा मानसिक समस्याहरू देखिने गरेको बताउँछन्।
- “निकै प्रतिस्पर्धी शैक्षिक प्रणालीका कारण सानै उमेरदेखि नै तनावयुक्त समस्या देखिने गरेको छ। युवाहरू घरबाट पर रहने र वृद्धवृद्धा एक्लिने समस्याले सामाजिक सौहार्द बिगारेको छ,” मानसिक अस्पतालका पूर्वनिर्देशक रहिसकेका प्राध्यापक डा सुरेन्द्र शेरचन भन्छन्।
- देशको ठूलो जनसङ्ख्या वैदेशिक रोजगारीमा हुँदा छुट्टिएर बस्नुपर्ने दम्पतीमा परिवार सुखको अभावसँगै एक्लोपन देखिने गरेको विज्ञहरू बताउँछन्।
- “विभिन्न सामाजिक कारणले गर्दा हाम्रो जीवन सहज बनिरहेको छैन र तनाव त्यहीँबाट सुरु भएको छ। मानसिक स्वास्थ्य सबैभन्दा मुख्य कारण भए पनि राज्यको तयारी त्यस क्षेत्रमा पर्याप्त छैन,” वरिष्ठ मनोचिकित्सक शेरचन भन्छन्।
- “लागुपदार्थ दुर्व्यसन बढ्दै जानु पनि त्यसको एउटा असर हो, जुन समेत धेरै हकमा आत्महत्यासँग गएर जोडिने गरेको छ।”
- एक प्रहरी अध्ययनमा निराशा र डर आत्महत्याका जड कारण देखिएको भन्दै ‘महिलाहरूका हकमा कम उमेरमा र पुरुषहरूमा उमेर घर्कँदै जाँदा’ आत्महत्याको प्रवृत्ति बढ्ता देखिने गरेको छ।
- साठी वर्ष काटेपछि पनि मानिसहरू आत्महत्या गर्ने गरेका कैयौँ घटना पाइने गरेको ‘आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अध्ययन २०८१’ को संयोजन गरेका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी बताउँछन्।
- “त्यसैले अहिले प्रहरीले आत्महत्याका घटनामा त्यसको कारण खोतल्ने क्रम सुरु गरेको छ,” उनी भन्छन्।
- विज्ञहरू पछिल्ला वर्षमा तनावका नयाँनयाँ स्वरूप देखिने गरेको भन्दै त्यो पारिवारिक विग्रहसँग पनि जोडिने गरेको बताउँछन्।
- “परिवारपन कम हुँदै गएको छ। परिवारहरू छुट्टिएका पाइन्छन् र एकअर्कालाई रेखदेख गर्ने प्रवृत्तिमा कमी देखिन्छ,” डा शेरचन भन्छन्।
- “अहिलेको समाजमा तनावका रूप फेरिएका छन्। तर मुख्य कुरा सामाजिक सन्तुलनमै आएको परिवर्तन हो।”
- कस्ता प्रयास आवश्यक?
- नेपाल प्रहरीका लागि यसै वर्ष पछिल्ला एक दशकको आत्महत्यासम्बन्धी विवरणको अध्ययन र विश्लेषणको संयोजन गरेका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी आफ्नो अध्ययनले समाजमा नैराश्य, रोग र विचलन व्याप्त रहेको देखाएको बताउँछन्।
- “सामाजिक, आर्थिक र पारस्परिक सम्बन्धलगायतका कारण जिम्मेवार भए तापनि मानसिक विचलनको अवस्थामा पुग्ने अवस्थाबाट आत्महत्या धेरै हुने गरेको प्रहरीको विवरणमा देखिन्छ,” एसएसपी अधिकारी भन्छन्।
- “त्यसैले सबैभन्दा धेरै सम्पर्कमा रहने परिवार र साथीसङ्गीले एकअर्कामा ख्याल गर्ने तथा रेखदेखको भूमिका पनि यसको रोकथाममा निकै महत्त्वपूर्ण हुने देखिन्छ।”
- ‘आत्महत्याको समर्थन गर्ने वेबसाइटले हाम्रो किशोर छोरालाई विष पिउन प्रोत्साहित गर्यो’७ फेब्रुवरी २०२५
- विदेशमा काम गर्ने नेपाली युवाको मृत्युको ‘तेस्रो ठूलो कारण आत्महत्या’, रोक्न भिडिओ कलबाट उपचार१० सेप्टेम्बर २०२४
- डा सुरेन्द्र शेरचन कसैले आत्महत्या गर्नुअघि कैयौँ पटक त्यसको प्रयास गरेको हुन सक्ने भन्दै त्यसबीचमा रोकथामका प्रयासहरू गर्नुपर्ने बताउँछन्।
- “त्यसबीचमा मानसिक स्वास्थ्यको ख्याल गर्न सकियो भने पनि धेरै घटना रोक्न सकिन्छ। पहिल्यै छनक नदिईकन कमै मात्र आत्महत्या भइरहेका हुन्छन्,” मनोचिकित्सक शेरचन भन्छन्।
- यदि तपाईँ मानसिक तनावबाटगुज्रिरहनुभएको छ वा आत्महत्या गर्ने सोच आउँछ वा त्यस्तो तनाव भोगिरहेका मानिसहरूलाई चिन्नुहुन्छ भने कृपया चौबीसै घण्टा चल्ने र पैसा नलाग्ने हेल्पलाइन ११६६ मा सम्पर्क गर्नुहोस्।
- बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
- स्रोत :प्रदीप बस्याल बीबीसी न्यूज नेपाली
- नेपालमा आत्महत्या हुने क्रम पछिल्लो एक दशकमा एक वर्ष मात्र घटेको र बाँकी नौ वर्ष बढेको तथ्याङ्कले देखाएको भन्दै नेपाल प्रहरीले त्यसलाई ‘भयावह अवस्था’ भनेको छ।
- चालु आर्थिक वर्षको छ महिनामा समेत विगतका क्रमजस्तै ३,१३४ जनाले आत्महत्या गरेको प्रहरी विवरणमा देखिनुले यस वर्ष समेत त्यो अघिल्ला वर्षमा झैँ उल्लेख्य नै देखिने सम्भावना देखिएको एक वरिष्ठ प्रहरी अधिकृतले बीबीसीलाई बताएका छन्।
- एक दशकको तथ्याङ्कका आधारमा बर्सेनि झन्डै छ हजार मानिसहरूले आत्महत्या गर्ने गरेको देखिन्छ। यो भनेको औसतमा एक दिनमा झन्डै १६ जनाले आत्महत्या गर्ने प्रवृत्ति विद्यमान छ।
- चेतावनी : यस सामग्रीमा उल्लिखितआत्महत्यासम्बन्धी विवरणले कतिपय मानिसलाई विचलित बनाउन सक्छ।
- नेपालमा आत्महत्या रोक्न यस्तो सहयोग उपलब्ध छ१० अगष्ट २०२१
- नेपालमा असामयिक मृत्यु गराउने १० कारण२९ मई २०१८
- यो सङ्ख्या वैदेशिक रोजगारीका क्रममा विदेशमा हुने मृत्युको करिब छ गुणा वा सडक दुर्घटनाबाट वार्षिक रूपमा हुने दुर्घटनाको दोबरभन्दा बढी हो।
- प्रहरीमा दर्ता हुने कुल मुद्दामध्ये करिब पाँच भागको एक भाग आत्महत्याको पाइनुले पनि यो समस्या विकराल बनिरहेको दर्साउने प्रहरीको अपराध अनुसन्धान विभागका प्रमुख एआईजी कुबेर कडायत बताउँछन्।
- “विगतमा आत्महत्या दुरुत्साहनमा मुद्दा नचल्नेमा पछिल्लो कानुनी व्यवस्थामा त्यो उल्लेख भएपछि मुद्दा दर्ता हुने क्रम स्वाभाविक रूपमा बढेको छ,” एआईजी कडायत बताउँछन्।
- “आत्महत्या रोकथामका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा यससम्बन्धी सचेतना र मनोपरामर्श नै हो।”
- तस्बिर स्रोत,Getty Creative Stock
- सम्भाव्य कारण
- एक वरिष्ठ मनोचिकित्सक सामाजिक जीवन तनावपूर्ण हुँदा विभिन्न रूपमा मानसिक समस्याहरू देखिने गरेको बताउँछन्।
- “निकै प्रतिस्पर्धी शैक्षिक प्रणालीका कारण सानै उमेरदेखि नै तनावयुक्त समस्या देखिने गरेको छ। युवाहरू घरबाट पर रहने र वृद्धवृद्धा एक्लिने समस्याले सामाजिक सौहार्द बिगारेको छ,” मानसिक अस्पतालका पूर्वनिर्देशक रहिसकेका प्राध्यापक डा सुरेन्द्र शेरचन भन्छन्।
- देशको ठूलो जनसङ्ख्या वैदेशिक रोजगारीमा हुँदा छुट्टिएर बस्नुपर्ने दम्पतीमा परिवार सुखको अभावसँगै एक्लोपन देखिने गरेको विज्ञहरू बताउँछन्।
- “विभिन्न सामाजिक कारणले गर्दा हाम्रो जीवन सहज बनिरहेको छैन र तनाव त्यहीँबाट सुरु भएको छ। मानसिक स्वास्थ्य सबैभन्दा मुख्य कारण भए पनि राज्यको तयारी त्यस क्षेत्रमा पर्याप्त छैन,” वरिष्ठ मनोचिकित्सक शेरचन भन्छन्।
- “लागुपदार्थ दुर्व्यसन बढ्दै जानु पनि त्यसको एउटा असर हो, जुन समेत धेरै हकमा आत्महत्यासँग गएर जोडिने गरेको छ।”
- एक प्रहरी अध्ययनमा निराशा र डर आत्महत्याका जड कारण देखिएको भन्दै ‘महिलाहरूका हकमा कम उमेरमा र पुरुषहरूमा उमेर घर्कँदै जाँदा’ आत्महत्याको प्रवृत्ति बढ्ता देखिने गरेको छ।
- साठी वर्ष काटेपछि पनि मानिसहरू आत्महत्या गर्ने गरेका कैयौँ घटना पाइने गरेको ‘आत्महत्या न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी अध्ययन २०८१’ को संयोजन गरेका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी बताउँछन्।
- “त्यसैले अहिले प्रहरीले आत्महत्याका घटनामा त्यसको कारण खोतल्ने क्रम सुरु गरेको छ,” उनी भन्छन्।
- विज्ञहरू पछिल्ला वर्षमा तनावका नयाँनयाँ स्वरूप देखिने गरेको भन्दै त्यो पारिवारिक विग्रहसँग पनि जोडिने गरेको बताउँछन्।
- “परिवारपन कम हुँदै गएको छ। परिवारहरू छुट्टिएका पाइन्छन् र एकअर्कालाई रेखदेख गर्ने प्रवृत्तिमा कमी देखिन्छ,” डा शेरचन भन्छन्।
- “अहिलेको समाजमा तनावका रूप फेरिएका छन्। तर मुख्य कुरा सामाजिक सन्तुलनमै आएको परिवर्तन हो।”
- कस्ता प्रयास आवश्यक?
- नेपाल प्रहरीका लागि यसै वर्ष पछिल्ला एक दशकको आत्महत्यासम्बन्धी विवरणको अध्ययन र विश्लेषणको संयोजन गरेका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी आफ्नो अध्ययनले समाजमा नैराश्य, रोग र विचलन व्याप्त रहेको देखाएको बताउँछन्।
- “सामाजिक, आर्थिक र पारस्परिक सम्बन्धलगायतका कारण जिम्मेवार भए तापनि मानसिक विचलनको अवस्थामा पुग्ने अवस्थाबाट आत्महत्या धेरै हुने गरेको प्रहरीको विवरणमा देखिन्छ,” एसएसपी अधिकारी भन्छन्।
- “त्यसैले सबैभन्दा धेरै सम्पर्कमा रहने परिवार र साथीसङ्गीले एकअर्कामा ख्याल गर्ने तथा रेखदेखको भूमिका पनि यसको रोकथाममा निकै महत्त्वपूर्ण हुने देखिन्छ।”
- ‘आत्महत्याको समर्थन गर्ने वेबसाइटले हाम्रो किशोर छोरालाई विष पिउन प्रोत्साहित गर्यो’७ फेब्रुवरी २०२५
- विदेशमा काम गर्ने नेपाली युवाको मृत्युको ‘तेस्रो ठूलो कारण आत्महत्या’, रोक्न भिडिओ कलबाट उपचार१० सेप्टेम्बर २०२४
- डा सुरेन्द्र शेरचन कसैले आत्महत्या गर्नुअघि कैयौँ पटक त्यसको प्रयास गरेको हुन सक्ने भन्दै त्यसबीचमा रोकथामका प्रयासहरू गर्नुपर्ने बताउँछन्।
- “त्यसबीचमा मानसिक स्वास्थ्यको ख्याल गर्न सकियो भने पनि धेरै घटना रोक्न सकिन्छ। पहिल्यै छनक नदिईकन कमै मात्र आत्महत्या भइरहेका हुन्छन्,” मनोचिकित्सक शेरचन भन्छन्।
- यदि तपाईँ मानसिक तनावबाटगुज्रिरहनुभएको छ वा आत्महत्या गर्ने सोच आउँछ वा त्यस्तो तनाव भोगिरहेका मानिसहरूलाई चिन्नुहुन्छ भने कृपया चौबीसै घण्टा चल्ने र पैसा नलाग्ने हेल्पलाइन ११६६ मा सम्पर्क गर्नुहोस्।
- बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।
- प्रदीप बस्याल
- Role,बीबीसी न्यूज नेपाली
- ४ मिनेट पहिले