वृहत् रक्तदान कार्यक्रम सम्पन्न
सुरेन्द्र मेहता । भाेक्राहा
७५ औ प्रजातन्त्र दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी भोक्राहा नरसिंह उपशाखाकाे आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।


वडा नम्बर २ वडा कार्यालय तथा रेडक्रस भवनको प्राङ्गणमा बुधबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
भोक्राहा नरसिंह नेपाल रेडक्रस सोसाइटी उपशाखा द्वारा आयोजित रक्तदान तथा आजीवन सदस्य प्रमाणपत्र वितरण कार्यक्रमा १२५ जना भन्दा बढी व्यक्तिले आजीवन सदस्यता लिइएको रेडक्रस सभापति युवराज दाहालले जानकारी दिनु भएको छ ।

रक्तदान गरेका व्याक्तिहरुलाई भोक्राहा नरसिंह रेडक्रस सोसाइटी उपशाखाले सम्मान पत्र दिएर सम्मान गरेका थिए। भने उक्त रक्तदान ३४ पृन्ट रक्त संकलन भएको
धरान रेडक्रस सोसाइटीका प्रविधिक विकास खडकाले जानकारी दिनु भयो ।

कार्यक्रमा कोशी प्रदेश सभा सदस्य इस्राइल मंसुरि , भोक्राहा नरसिंह गाउँपालिका अध्यक्ष अजमल अख्तर अजाद, भोक्राहा नरसिंह गाउँपालिका १ का वडा अध्यक्ष लक्ष्म मेहता , २ नम्बर वडा अध्यक्ष आलम अन्सारी , ३ नम्बर वडा अध्यक्ष धिरेन्द्र यादव , ४ नम्बर वडा अध्यक्ष हारुण अन्सारी , ६ नम्बर वडा अध्यक्ष सेराजुदिन मन्सुरी , समाजसेवी राम कुमार मेहता , पवन कुमार मेहता , सुनिल साह लगायत गाउँबासिहरुको उपस्थितिमा रक्तदान कार्यक्रम सम्पन्न भएको थियोे ।

