देवराज यादव । काेशी
सुनसरीकाे काेशी गाउँपालिकामा कर प्रणालीकाे विषयमा सराेकारवाला बिच संवाद कार्यक्रम सम्पन्न भएको छ । स्थानीयस्तरमा भएको कर संकलन संयन्त्र र प्रकृति तथा प्रकृतिको बारेमा रहेको अस्पष्टतालाई प्रष्ट पार्ने उदेश्यका साथ कर प्रणालीकाे विषयमा सराेकारवाला बिच संवाद गरेको हो ।

सामाजिक परिवर्तन केन्द्र काठमाडौंकाे आयोजना र काेशी गाउँपालिकाकाे समन्वयमा स्थानीयबासी, अधिकारकर्मी, राजनीतिकर्मी, वडा अध्यक्षहरु सहित जनप्रतिनिधिहरुकाे सहभागीतामा कर प्रणालीकाे विषयमा संवाद कार्यक्रम सम्पन्न भएको जनाएको छ ।

कार्यक्रममा काेशी गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले आफुहरुले जनमैत्री कर लगाएको बताउनुभयो । उहाँले स्थानीय सरकारले पाएकाे अधिकार र जिम्मेवारी अनुसारको काम कार्वाही र कर लगाएको बताउनुभयो ।
सहभागी काेशी ६ का मनटुन यादवले काेशी गाउँ पालिकामा काेशी कटानकाे समयमा बालुवा थुप्रिएकाेमा बालुवा निकासी गर्न समेत कर तिर्नुपर्ने भएकोले किसान मारमा परेको गुनासो गर्नुभयो ।  अर्का सहभागी लक्षमण दहियार यादवले काेशीका स्थानीयले संघ, प्रदेश र स्थानीय गरि तिनै तहलाई कर तिर्न बाध्य रहेको बताउनुभयो । काेशी ४ कि स्थानीय माेति मेहताले आफुहरुले जग्गाको मालपोत कर र जग्गा विक्रि गर्दा दाेहाेराे मारमा परेको बताउनुभयो ।
स्थानीय चन्द्रकला नेपालले जग्गाको वर्गीकरण र मुल्यांकन गर्दा असमान रुपमा गरेकोले त्यसको पुनर्वालाेकन गर्न जरुरी रहेको बताउनुभयो ।
काेशी ८ कि गिता नेपालले करको दर भन्दा दायरा बढाउनुपर्ने बताउनुभयो ।
काेशी ३ कि फुल कुमारी रामले करदाता शिक्षा र कर्मचारी प्रशिक्षण सञ्चालन गर्नुपर्नेमा जाेड दिनुभयो ।
काेशी १ कि कविता मण्डलले एकल कर संहिताका बारेमा नीतिनिर्माता, राजनीतिज्ञ तथा सबै सरोकारवालालाई पर्याप्त जानकारी दिइनुपर्ने बताउनुभयो । यसैगरी संहिताका विभिन्न पक्ष र त्यसको उपयोगिताका बारेमा समाजका विभिन्न वर्गलाई जानकारी गराइनुपर्ने अर्का सहभागी रिता मेहताले बताउनुभयो  ।  हुन त सरकारले कर, एकल करका बारेमा विभिन्न लेख प्रकाशित गर्ने, टेलिभिजन तथा रेडियो कार्यक्रम सञ्चालन गर्ने र भिडियो तयार गरी प्रचारप्रसार गर्ने काम पनि गरेको छ।


पुर्व प्रधानाध्यापक धनिलाल यादवले मुलुकको राजस्व संकलनका साथै आर्थिक विकासमा छलाङ मार्न सहयोगी हुने किसिमले एकल कर संहिता निर्माण गरिनुपर्ने र त्यसलाई सही र प्रभावकारी ढंगले कार्यान्वयन गरिनुपर्ने बताउनुभयो ।करको कारेमा रहेको भ्रम र यथार्थकाे बारेमा गाउँपालिकाका योजना तथा प्रशासन शाखा प्रमुख  विरेन्द्र मेहता, काेशी २ का वडा अध्यक्ष ध्यानी उराँव र काेशी ७ का वडा अध्यक्ष लालदेव सदा सहितकोले प्रष्ट पार्नुभएकाे थियो । संवाद कार्यक्रममा सामाजिक परिवर्तन केन्द्रका सुनसरी संयाेजक रमेश भट्टराई र संवाद सहजकर्ता जयकृष्ण यादवले सहजिकरण गर्नुभएको थियो ।

स्रोत सामग्री अर्थतन्त्र :
कर भनेको के हो ? यो कति प्रकारको हुन्छ ?
✍कर भनेको राज्यलाई बुझाउनुपर्ने अनिवार्य दायित्व हो । कर भनेको कुनै व्यक्ति फर्म वा कम्पनीले कानुनबमोजिम सरकारलाइ तिर्नुपर्ने अनिवार्य भुक्तानी हो । प्रत्यक्ष लाभको अपेक्षा नगरी नागरिक वा उद्यम व्यवसायले सरकारलाई बुझाउने तिरोलाई कर भनिन्छ ।
सरकारले आफ्ना नागरिकबाट अनिवार्य रूपमा संकलन गर्ने मौद्रिक आयलाई कर भनिन्छ । राज्यको आम्दानीको प्रमुख स्रोत कर नागरिकले राज्यलाइ बुझाउनु पर्ने अनिवार्य भुक्तानी हो । सरकारले देशको नियमित, आकस्मिक र विकासात्मक गतिविधि यही करको माध्यमबाट प्राप्त आम्दानीबाट सञ्चालन गरेको हुन्छ ।करदाताले करको बदलामा प्रत्यक्ष लाभको आशा गरेको हुँदैन । यद्यपि, सरकारले करको माध्यमबाट करदातालाइ केही सुविधा पु¥याउने प्रयत्न भने गरेको हुन्छ । करका प्रकारहरूवास्तवमा कर भनेको जम्मा दुई प्रकारको हुन्छ । प्रत्यक्ष र अप्रत्यक्ष कर । यद्यपिकरको क्षेत्र, संकलन गर्ने निकाय, प्रकृति, दायरा र दरका आधारमा यसलाई बाँडिएको हुन्छ । जसअनुसार करलाई २ भागमा विभाजन गरिन्छ ।
१) प्रत्यक्ष करव्यक्ति स्वयमले तिर्ने करलाई प्रत्यक्ष कर भनिन्छ । भार, असर र प्रभाव एउटै व्यक्तिमा पर्ने करलाइ प्रत्यक्ष कर भनिन्छ । जसलाइ कर लगाइएको हो, उसैद्वारा पूर्ण रूपमा बेहोर्न पर्ने कर नै प्रत्यक्ष कर हो । यो कर अरूमा सार्न सकिदैन ।आय कर, सम्पति कर, घरजग्गा कर प्रत्यक्ष करका उदाहरण हुन् ।
२) अप्रत्यक्ष करकरको भार अन्यमा सार्न मिल्ने अर्थात असर बेग्लाबेग्लै व्यक्तिमा पर्ने करलाई अप्रत्यक्ष कर भनिन्छ । कर तिर्ने भार एक पक्षमा र उक्त करको प्रभाव अर्को पक्षमा पर्दछ । भार हस्तान्तरण हुने कर भनेर पनि यसलाई बुझिन्छ ।
वस्तु तथा सेवाको कारोबारमा लाग्ने भन्सार, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर अप्रत्यक्ष कर हुन् । फिर्ता गर्नु नपर्ने गरी प्राप्त गर्ने आम्दानी करको सदुपयोगबाट मुलुकको विकास, उन्नति र प्रगति निर्धारण हुन्छ । नागरिक र सरकारबीचका सम्बन्धको आधार भएकाले करको सदुपयोगबाट आर्थिक विकास र वृद्धि हासिल गर्नु आजको आवश्यकता हो ।
अग्रिम कर कट्टी
कर लाग्ने कारोबार गर्ने व्यक्तिलार्ई आयकरको दायरामा ल्याउन एवं नियमित रूपले कर संकलन गर्ने उद्देश्यले आयकर ऐन, २०५८ को परिच्छेद १७ मा श्रोतमा कर कट्टी / अग्रिम कर कट्टी सम्बन्धी प्रावधान रहेको छ । कुनै पनि व्यक्तिले आय वर्षमा गरेको आयलार्ई ऐनको परिच्छेद १७ अन्तर्गत उल्लिखित दफामा उल्लेख गरिएका भुक्तानीका किसिममा भुक्तानी गर्दा कै अवस्थामा तोकिएको दरले कर कट्टा गरी बाँकी रकम भुक्तानी गरिने व्यवस्थालार्ई भुक्तानीमा कर कट्टी भनिन्छ ।
अग्रिम कर कट्टी गर्ने तथा अग्रिम कर असुली गर्ने दायित्व भएको व्यक्तिले कर कानुनले तोकेको भुक्तानीमा कर कट्टी गर्नुपर्ने र लाभ तथा कारोवारमा अग्रिम कर असुली गर्नु पर्दछ । यसरी भुक्तानी कै समयमा अर्थात श्रोतमा नै कर कट्टी हुने भएकोले यसलाई भुक्तानी (श्रोत) मा कर कट्टी (Tax Deduction at Source, TDS) भनिन्छ । भुक्तानी गर्दा लाग्ने कर रकम भुक्तानी प्राप्त गर्नेबाट कट्टा गर्ने हुँदा यसलार्ई Withholding Tax पनि भनिन्छ । आय गर्दाका बखतमा नै कर तिरिने भएकाले यसरी कर तिर्ने अवधारणालार्ई Pay As You Earn (PAYE) समेत भनिन्छ । यस प्रणालीले गर्दा सरकारलार्ई अग्रिममा राजस्व संकलन पनि हुने र करको दायरामा बढी करदाता समेटिनुका साथै सरकार तथा करदाता दुवैको कर संकलन लागत (Compliance Cost) पनि न्यून हुन जान्छ । विशेष गरी असंगठित क्षेत्र, छरिएका र साना भुक्तानी एवं निष्कृय आय हुने प्राकृतिक व्यक्ति (Hard to Tax Group) को आयमा कर लगाउने उद्देश्यले समेत यस्तो प्रबन्ध गरिएको हो ।