जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन ९ गते । सुनसरीकाे बर्जू गाउपालिका वडा नम्बर ६ मा जेष्ठ नागरिकलाई ह्विल चेयर हस्तान्तरण गरेको छ । दिनेश चाैधरी स्मृति प्रतिष्ठान सुनसरीकाे आयोजनामा बर्जु ६ मा ११७ वर्षीया जेष्ठ नागरिक दावी गरेको सजिदेवी यादवलाई ह्विल चेयर हस्तान्तरण गरेको हो  ।

यादवकाे परिवारको भनाइ अनुसार  वृद्व आमा सजी देवी यादवलाई हिड्डुल गर्न गाह्रो भएको भन्दै १ थान ह्विल चेयर मिलाई दिन प्रतिष्ठानलाई आग्रह गरेकोले संघीय सांसद भगवती चाैधरीकाे हातबाट ह्विल चेयर हस्तान्तरण गरेको छ । चाैधरीले समेत यादव परिवारले गरेको आग्रह अनुसार बर्जू ६ दैता पोखरीमा आयोजित न्यानो कपडा वितरण कार्यक्रममा सजी देवी यादवलाई १ थान ह्विल चेयर हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उता बर्जू  गाउँपालिका वडा नं ३  र ६ का करिब २००  विपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ । बर्जू  गाउँपालिका वडा नं ३ शिव मन्दिर परिसर आयोजित कार्यक्रममा करिव १०० जना तथा वडा नं ६ चिमडीको दैता पोखरीमा आयोजित कार्यक्रममा १०० जना गरि २०० विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको छ। चाैधरीकाे पहलमा स्वर्गीय बुवा मुक्तिनाथ घिमिरे तथा स्वर्गीय छोरा रोमन घिमिरेको स्मृतिमा बर्जू  ५ निवासी समाजसेवी गोविन्द प्रसाद घिमिरेको आर्थिक सहयोगमा विपन्न परिवारलाई न्यानो कपडा वितरण गरिएको हो।