दाेषीलाई कार्वाहीकाे माग गर्दै विराटनगर ट्राफिक चौकमा प्लेकार्डसहित १ घण्टा प्रदर्शन

बालबालिका र महिला माथि हत्या र हिंसा गर्ने दाेषीलाई कार्वाहीकाे माग गर्दै माेरंगकाे विराटनगर स्थित ट्राफिक चौकमा प्लेकार्डसहित १ घण्टा प्रदर्शन गरेको छ ।
भारत ओडिसाको भुवनेश्वरस्थित कालिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको घटना र उक्त विश्वविद्यालयमा नेपाली विद्यार्थीहरूमाथि गरिएको दुर्व्यवहार र ज्यादतिको विरोधमा घटनाको सत्यतथ्य र निष्पक्ष न्यायिक छानबिनका लागि विराटनगरको ट्राफिक चोकमा शुक्रबार विरोध प्रदर्शन गरेको हो ।
अधिकारकर्मीहरुले दाेषीलाई कडा कार्वाही गर, पिडितलाई न्याय देउ सहितको प्लेकार्ड बाेकेर दाेषीलाई कार्वाहीकाे माग गर्दै विराटनगरमा एक घण्टा प्रदर्शन गरेको हाे ।

प्रदर्शन पछि काेण सभामा मन्तव्य राख्दै राजनैतिक विश्लेषक लेखक कृष्ण पोखरेलले सामाजिक न्याय सहितको समाज निर्माण हुनुपर्ने र सबै खालका घटनाका दाेषी तथा अपराधीलाई कार्वाही गर्नुपर्ने बताउनुभयो । काेण सभामा दिनेश श्रेष्ठ, महिला मानव अधिकार रक्षक सञ्जालकी कोषाध्यक्ष मञ्जिता उपाध्याय, गैसस महासंघकी उपाध्यक्ष सरीता खनाल, ओरेककी प्रदेश प्रमुख शोभा बजगाईर इन्सेक कोेशी प्रदेश संयोजक मनोहर पोखरेल लगायतका सराेकारवालाहरुले मानवअधिकार र महिला अधिकारकाे संरक्षण तथा रक्षा हुनुपर्ने र कुनै पनि घटनाका दाेषीलाई कार्वाहीकाे दायरा ल्याई दण्डहीनता अन्त्य गर्नुपर्नेमा जाेड दिनुभयो ।

विराटनगर ट्राफिक चौकमा प्लेकार्डसहित १ घण्टा प्रदर्शन गर्दै
