लागू औषध ट्याब्लेट सहित दुई जना पक्राउ
जयकृष्ण यादव । इनरुवा
इनरुवा , फागुन ११ गते । सुनसरीमा लागू औषध ट्याब्लेट सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको धरान उप–महानगरपालिका वडा नंम्बर १७ सिमी चोकबाट प्रतिबन्धीत लागू औषध ट्याब्लेट सहित धरान ११ का १९ वर्षीय योगेन राई र २१ वर्षीय खेम यादवलाई प्रहरीले पक्राउ गरेको हो ।

धरान १७ स्थित घोपाबाट सिमीचोक तर्फ जादै गरेको प्र.१–०२–०४० प ५६०४ नम्बरको स्कुटरलाई शंका लागि रोकी चेकजाँच गर्दा स्कुटर चालक धरान उप–महानगरपालिका वडा नंम्बर ११ का योगेन राई र स्कुटर पछाडी सवार खेम यादवको साथबाट लागू औषध ट्रामाडोल ९०५ क्याप्सुल र स्पास्पेन ९०६ ट्याब्लेट सहित पक्राउ गरेको प्रहरीले जनाएको छ । ट्रामाडोल क्याप्सुल र स्पास्पेन ट्याब्लेट सहित एक हजार ८११ ट्याब्लेट सहित फेला पारेर स्कुटी सहित राई र यादवलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्ने कार्य भईरहेको धरान प्रहरीले जनाएको छ ।
