इनरुवा, फागुन १२ गते ।
सुनसरीको विभिन्न स्थानमा आईबार रातिको असिना पानी र हावाहुरीले गहुँ र  मकैं सहितकाे बालीमा क्षति भएको छ ।
स्थानीय किसान रामकृष्ण मेहताका अनुसार  भोक्राहा नरसिंह गाउँपालिका वडा-२ स्थितमा किसानले खेतमा लगाइएको गहुँ र मकै सहितको अन्नबाली क्षति भएको हो । लामो समयपछि असिना सहित पानी र हावाहुरीले लहरे बालीमा समेत क्षति भएको काेशी गाउँपालिका २ का रामसुरुज यादवले जानकारी दिनुभयो ।
यादवले दिनुभएको जानकारी अनुसार गहुँ र मकैमा धेरै क्षति भएको हो । यसैबीच इनरुवाका किसानले भने वर्षाले बालीमा फाईदा गरेको प्रतिक्रिया दिएका छन । काेशी, भाेक्राहा नर्सिङ र गढीका किसानले लगाएको बालीमा व्यापक क्षति  पुर्याएकाे गुनासो गरेका छन् ।
कृषि प्राविधिक भुवनेश्वर यादवले केही बालीमा क्षति भए पनि धेरैलाई राहत भएको बताउनुभयो ।


१ , असिना पानी र हावाहुरीले गहुँको बालीमा भएको क्षति ।
तस्बिर : जजन्युज। इनरुवा