खोरेत रोग बिरुद्धको खोप सेवा उद्घाटन

जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन १२ गते । सुनसरीकाे इनरुवा नगरपालिकामा खोरेत रोग बिरुद्धको खोप सेवा उद्घाटन गरेको छ । पशुमा लाग्ने महामारी खोरेत रोग बिरुद्धको खोप सेवा नगर प्रमुख केदार भण्डारीले उद्घाटन गर्नुभएको हो । इनरुवा नगरपालिका र कोशी प्रदेशमा दुग्ध तथा मासु जन्य उत्पादन अभिवृद्धि गरि आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्न समेतमा याेगदान गर्न भएकोले खोरेत रोग बिरुद्धको खोप सेवा सुरु गरेको प्रमुख भण्डारीले बताउनुभयो । भण्डारीले उद्घाटन कार्यक्रममा नगरलाई दुग्ध तथा मासु उत्पादनको क्षेत्रमा दिगो रुपमा आत्मनिर्भरता हासिल गर्ने उदेश्य प्राप्त गर्नको लागि नगर क्षेत्रमा पशुहरु चाैपायाको महामारी रोग खोरेत नियन्त्रण तथा क्रमसः उन्मुलन गर्न प्रदेश सरकारबाट संचालित अभियानमा समेत आफूहरूले सहयोग गर्ने बताउनुभयो ।

खोरेत रोग नियन्त्रण आयोजना कार्यान्वयनलाई व्यवस्थित, प्रभाबकारी र अपेक्षित प्रतिफल उन्मुख बनाउन इनरुवा नगरपालिका प्रतिबद्ध रहेको भण्डारीले बताउनुभयो । खोरेत रोग नियन्त्रण आयोजना अन्तर्गत इनरुवा नगरपालिका वाड नम्बर ३ मा रहेको सोमबारे पशु चौपाया हाट बजारबाट खाेप लगाउन सुरु गरेको जनाएको छ । खोरेत रोग बिरुद्धको खोप सेवा उदघाटन कार्यक्रममा इनरुवा नगरपालिकाको प्रमुख केदार भण्डारी सहित उप-प्रमुख बिनिता मेहता ,प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौला, प्रसासन शाखा प्रमुख युवराज निरौला , कार्यपालिका सदस्य बिनोद अटल , पशु विकास शाखा प्रमुख डा राज कुमार यादव साथै भेटेरिनरी आस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र सुनसरीका प्रमुख डा मनोज कुमार महतो सहितको उपस्थिति रहेको थियो ।

खाेपकाे आैचित्यका बारेमा भेटेरेनरी अधिकृत चिनेश्वोर मेहता , प्राबिधिक सावित्रा मगरले चर्चा गर्नुभयो ।