सरसफाइ अभियानमा माओवादी
सुनसरीको इनरुवा नगरपालिका १० जल्पापुरमा सरसफाइ अभियान गरेको छ । फागुन १५ गते तराई मधेस जागरण अभियान अन्तरगत नेकपा माओवादी केन्द्रले सरसफाइ अभियान गरेको हो ।

जल्पापुरमा माओवादी केन्द्र इनरुवा अध्यक्ष ताेया गिरी , सहईन्चार्ज दुर्गेश चाैधरी , नेता जुमराती खा,विनाेद मेहता, वडा अध्यक्ष अल्लाउदिन मियाँ सहितको सहभागीतामा सरसफाइ अभियान गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष एवं पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल सहितको आगवन हुने भएकोले पुर्व सन्ध्यामा सरसफाइ अभियान गरेको जनाएकाे छ ।

गाउँमा पहिलोपटक माओवादीले सरसफाइ गरेकोमा स्थानीयले खुसी व्यक्त गरेका छन् ।

जल्पापुरकाे ठूलो मदरसा देखि आधारभुत विधालयसम्मकाे बाटोमा सरसफाइ गरेको थियो ।
