नेकपा एमाले इनरुवा ३ काे सपथ ग्रहण
अनिल श्रेष्ठ । सुनसरी
सुनसरीको इनरुवा नगरपालिका ३ मा नेकपा एमाले इनरुवा ३ नम्बर वडा कमिटीको पदाधिकारीको सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

पार्टीको अध्यक्ष माण्डलले निर्वाचन समितिलाई प्रदान गरेको जिम्मेवारी अनुसार बन्द सत्रमा भएको छलफलबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन भएकोमा सपथ ग्रहण गराएको हो ।

सहमति अनुसारको पदाधिकारी तथा सदस्यहरुलाइ एक कार्यक्रमका बिच सपथ ग्रहण गराएको जनाएको छ । वार्ड कमिटी अध्यक्ष चेतराज पोखरेल नेतृत्वको नेकपा एमाले इनरुवा ३ को कमिटीको सपथ ग्रहण गराएको जनाएको छ ।

सपथ ग्रहण कार्यक्रममा वडाका उपाध्यक्ष केशव कुमार श्रेष्ठ , सचिव कमल प्रसाद उपाध्याय, उप–सचिव उमेश कुमार चौधरी (खुल्ला)उप–सचिव करुणा सुवेदी (महिला) समेतलाई सपथ ग्रहण गराएको छ ।

त्यसैगरी सदस्यहरु घनश्याम प्रसाद सेठ, लिली घोष, गुण बहादुर लुईटेल, टेक बहादुर घिमिरे, नाति बाब कार्की, बादल कुमार श्रेष्ठ, पूर्णमाया बस्नेत,शर्मीला चौधरी, सरिता पंडीत, दिलीप श्रेष्ठलाई समेत ग्रहण गराएको जनाएको छ ।

सपत ग्रहण कार्यक्रममा नेता कालुराम गुरुगं, निर्माचन समितिका प्रमुख रमेश तिम्सिना, केदार न्यौपाने, रमेश श्रेष्ठ, लता भट्टराई, प्रेम पौडेल, सरोज बराल, नारायण आचार्य सहितको उपस्थिती रहेको थियो ।

सपत ग्रहण कार्क्रममको अध्यक्षता नेकपा एमाले प्रदेश कमिटी सदस्य एवं ईनरुवा नगर कमिटी ईन्चार्ज कालुराम गुरुगंले गर्नुभएको थियो ।



