असिना पानीबाट कृषि बालीमा भएको क्षतिकाे क्षतिपूर्तिको माग गर्दै प्रशासनमा महासंघले बुझाए ज्ञापनपत्र

जयकृष्ण यादव । सुनसरी
नेपाल किसान महासंघ भोक्राहा नरसिंह गाउँ कार्य समिति सुनसरीले कृषिमा भएको क्षतिको क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालय सुनसरीमा ज्ञापनपत्र बुझाएको छ ।

गत आईतवार परेको असिना पानीको कारणले ३ हजार ५ सय हेक्टरमा लगाएको केरा, मकै, गहुँ र तरकारी सहितको बाली क्षति भएकोले क्षतिपूर्तिको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई महासंघले ज्ञापनपत्र बुझाएको हो ।
नेपाल किसान महासंघ भोक्राहा नरसिंह गाउँपालिका कार्य समितिकाे सभापती श्यामदेव मेहता नेतृत्वमा तीन सय बढीको संख्यामा किसानले वडा र गाउँपालिका हुदै प्रशासनमा ज्ञापनपत्र बुझाएको समाजसेवी किसान रुद्र नारायण साहले जानकारी दिनुभयो ।


आफुहरुले क्षतिपूर्ती मांग गर्दै जिल्ला विपद्ध व्यवस्थापन समितिका अध्यक्ष समेत रहनुभएका प्रजिअ मिश्रलाई बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ” भोकाहा नरसिंह गाउंपालिकामा फाल्गुन ११ गते बेलुका आकास्मात आएको हावा, हुन्डरी, असिना र पानीको असरले भोक्राहा नरसिंह गाउँपालिका अन्र्तगतको किशान दाजुभाईहरुले खेतमा लगाईएको वाली गहुँ, मकै, बन्दाकोवी, फुलकोबी, बोडी, करेला, फर्सी, खुर्सानी, भिण्डी, तोरी, काका लगायतका बालीहरु लग्भग ८० देखी ९० प्रतिशत बाली नष्ट भएको र किसानहरु १ हप्ता देखी वडा कार्यालयमा दिनहु क्षतीपूर्तीकोलागी हारगुहार गरि आन्दोलीत भएको व्यहोरा सामाजिक सञ्जालबाट समेत अवगद्ध भईरहेकै छ ।”


ज्ञापनपत्रमा थप भनिएको छ, नेपाल किसान महासंघ भोक्राहा नरसिंह गाउँपालिका कार्य समिति, पिडित किसानहरुको बिपत घडीमा जिल्ला विपत व्यवस्थापन समिति सुनसरीबाट क्षति यकिन गरी राहत स्वरुप क्षतिपुर्ती उपल्बध गराईदिनुहुनको जोडदार मांग गर्दछाैं। किसानलाई परेको पिडा किसान भेलाबाट भएको निर्णयको छाँया कपी समेत संलग्न गरि प्रजिअलाई ज्ञापनपत्र बुझाएको जनाएको छ। नेपाल किसान महासंघ भोक्राहा नरसिंह गाउँपालिका कार्य समितिकाे सभापती श्यामदेव मेहता, संदिप मेहता, सहकारी समन्वय समिति अध्यक्ष राजेन्द्र प्रसाद मेहता, राजेश मेहता, किसान शिवनारायण मेहता, शिवलाल मेहता, रामदेव मेहता सहितको प्रशासन कार्यालय पुगेका थिए । आफ्नो जिवनमै पहिलोपटक यति ठूलो क्षति हुने गरि हावाहुरी र असिना पानी परेकोले विघाैविघा बाली नष्ट भएकोले क्षतिपूर्ति माग गर्दै ज्ञापनपत्र बुझाउने काम गरेको किसान अगुवा समाजसेवी रुद्र नारायण साहले बताउनुभयो ।भोक्राहा नरसिंह गाउँपालिका १ का वडा अध्यक्ष लक्ष्मण मेहताले स्थानीय किसानले उठाएको माग सम्बाेधन गराउन आफुले पहल गर्ने प्रयास स्वरूप प्रशासन र कृषि ज्ञापनपत्र बुझाउने काम गरेको बताउनुभयो ।