नेपाल भारत मैत्री संघ सुनसरीकाे आयोजनामा नयाँ सदस्यहरुलाई प्रमाण पत्र वितरण तथा सम्मान कार्यक्रम सुनसरीकाे इनरुवामा सम्पन्न भएको छ ।

नेपाल भारत मैत्रीका इनरुवा अध्यक्ष सन्तोष देवकाे अध्यक्षता र जिल्ला समन्वय समिति सुनसरी प्रमुख  राजन मेहताकाे प्रमुख अातिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा केन्द्रिय सदस्य ज्योती कोइराला , इन्द्रानन्द साह सहितको उपस्थितिमा नयाँ सदस्य हरुलाई प्रमाण पत्र वितरण र उपाध्यक्ष कृष्ण प्रसाद दाहाललाई वरिष्ठ अधिवक्ता भएकोमा सम्मान पत्र प्रदान गरेको थियो ।

त्यसैगरी जेष्ठ आजिवन सदस्यहरुलाई दोसल्ला ओढाई सम्मान र सन्तोष देवकाे अध्यक्षतामा नयाँ कार्य समिती चयन गरेको छ । निर्वाचन आयुक्त कृष्ण प्रसाद दाहाल र उपाध्यक्ष २, सचिव १ र कोषाध्यक्ष मनोनित गर्नुपर्ने भएकोले बुधवार प्रमाण पत्र वितरण गर्ने भएको छ ।