ईनरुवा -५ मा नेकपा (एमाले) को जराको अभियान अभिमुखीकरण कार्यक्रम सम्पन्न
सुनसरीकाे सरदमुकाम समेत रहेको ईनरुवा नगरपालिका -५ बलाहामा नेकपा (एमाले) को जराको अभियान अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

अभियानमा पार्टीका नेता कार्यकर्ताहरुलाई सचेतना सहितको पार्टीको कार्यदिसा र भुमिका विषयमा जानकारी दिएकाे हो । ईनरुवा -५ मा सनिवार नेकपा (एमाले) इनरुवा नगरपालिका-५ वडा कमिटीद्वारा आयोजित वडा (जरा) केन्द्रित अभियानको अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको अभियान प्रमुख लाेकेश निराैलाले जानकारी दिनुभयो । स्थानीय नेवा: सामुदायिक भवन नेवारटोल बलाहामा जरा अभियान अभिमुखिकरण सम्पन्नभयो।

वडा कमिटीका अध्यक्ष पार्वतीराज पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोग सदस्य पोस्ट नेपाल प्रमुख आतिथी रहनुभएकाे थियो । कार्यक्रममा पार्टी प्रदेश कमिटी सदस्य एवं प्रमुख अभियान्ता लोकेश निरौला विशेष अतिथि, प्रदेश कमिटी सदस्य कालुराम गुरुङ, सुनसरी जिल्ला लेखा आयोग सचीव ईश्वरी घिमिरे, प्रदेश सल्लाहकार सदस्य गोबिन्द पोखरेल,जिल्ला लेखा आयोग सदस्य गिता गौतम,जिल्ला सल्लाहकार सदस्यहरु केदार पोखरेल,अन्जनी न्यौपाने लगायत अतिथि रहनुभएको थियो।

कार्यक्रममा सुनसरीको बाम आन्दोलनका उर्वर र ऐतिहाँसिक स्थान बलाहाका अग्रजहरू भवानी पोखरेल (९२), चरा विज्ञ जीवनाथ पोखरेल (८०), बाम बुद्धिजीवी अच्युत खतिवडा (७८) बुद्ध कुमार नेपाल(७५), गणेश निरौला(७३), मननारायण श्रेष्ठ(७०),श्याम प्रसाद भट्टराई(७०), थानेश्वरी अधिकारी(७०), अन्य अग्रजहरु गोबिन्द पोखरेल,ईश्वरी घिमिरे, हेमराज कोईराला,प्रेम खतिवडा र नयाँ पुस्ता( युवा)सबिस पोखरेल (३०) को २०८२ को पार्टी सदस्यता नवीकरण गरी सदस्यता नवीकरण तथा वितरण अभियानको शुरुवात गरिएको प्रमुख अभियान्ता निरौलाले जानकारी गराउनुभयाे ।
प्रमुख अभियान्ता निरौलाले सुनसरीको कम्युनिस्ट आन्दोलनको ऐतिहाँसिक भूमि इनरुवा, बलाहामा जरा अभियानको नेतृत्व गर्न पाउँदा गर्वको महसुस भएको बताउँदै “समृद्ध नेपाल, सुखी नेपाली” को राष्ट्रिय आकांक्षा पूरा गर्न बलियो नेकपा (एमाले) निर्माण गर्न सबैलाई हातेमालोको लागि आह्वान गर्नुभयाे ।
प्रमुख अतिथि पोस्ट कुमार नेपालले जनताको आशा र भरोसायुक्त बलियो पार्टी निर्माण गर्दै देश बिकास गर्न अगाडि बढनु नै नेकपा( एमाले) को आजको प्रथम अभिभारा रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश कमिटी सदस्य कालुराम गुरुङ, प्रदेश सल्लाहकार सदस्य गोबिन्द पोखरेल जिल्ला लेखा आयोग सदस्य गिता गौतम,वडाका अभियान्ता युवा नेता रमेश आचार्यले शुभकामना मन्तव्य राख्नु भएको कार्यक्रममा स्वागत मन्तव्य कैलाशपति चौधरी र संचालन लाल बहादुर श्रेष्ठले गर्नुभएको थियो ।
