सुनसरीकाे इनरुवामा अब सशक्तीकरणकाे दीप प्रज्वलन गर्नु पर्छ भन्ने नाराका साथ शान्ति र मानवतामुखी सन्देशमुलक कार्यक्रम सव्य र भव्य रुपमा सम्पन्न भएको छ ।

करुणा समाजकाे आयोजनामा सनिवार ११५ ओैं अन्तर्राष्ट्रिय नारी दिवस ८ मार्चकाे अवसरमा ईनरुवा नगरपालिकाकाे सभाहलमा शान्ति र मानवतामुखी सन्देशमुलक कार्यक्रम सव्य र भव्य रुपमा सम्पन्न भएको हो  ।

आयोजकका अनुसार मुख्य साझेदार इनरुवा नगरपालिका, ईनरुवा रहेको र सहकार्य हाम्राे सहयात्रा मञ्च ईनरुवा, हातेमालाे जनसराेकार संस्था बलाहा, सङ्कर साकाेस बलाहा, लाटिदेवी साकाेस बलाहा, खनाल कृषि सप्लायर्स बलाहा, आदर्श महिला बहुमुखी संस्था बलाहा, महिला पतञ्जली याेग समिति इनरुवा रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगर उपप्रमुख विनिताकुमारी मेहताले नगरमा भएको कार्यक्रम मध्येको उत्कृष्ट कार्यक्रम भएको बताउनुभयो ।

विषयगत प्रस्तुतिमा करुणा अभियन्ता विश्वमणी पाेखरेल (महिला अधिकार र अन्तर्राष्ट्रिय अभिसन्धि) , पुर्व नगर उपप्रमुख जमुना गाैतम पाेखरेल(राजनितिमा महिला सहभागिता संभावना र चुनाैति), याेगकर्मी सुमित्रा मेहता(याेग, स्वास्थ्य र घरपरिवार), आध्यात्मिक साधक बालिका भट्टराई(आध्यात्मिक चेतना, घरपरिवार र याेग), ५ नं. वडाअध्यक्ष अनिल पाेखरेल(शुभभावना सन्देश), महिला बालवालिका शाखा प्रमुख दीपा दाहाल पाेखरेल (विषयगत/ शाखागत प्रस्तुति, शुभभावना), सहकारिकर्मि मिना निराैला (महिला सशक्तिकरणमा सहकारी क्षेत्रकाे भूमिका) र नगर उपप्रमुख विनिताकुमारी मेहता (स्थानिय सरकारका महिलामुखि क्रियाकलापहरु) गर्नुभयो  । त्यसैगरी सांगितिक प्रस्तुति रमेश भट्टराई र ज्याेती सुनुवार, उमा खतिवडा+ सिर्जना घिमिरे, गिगकार प्रकाश अनुराग, झाेटन मेहता, राधा सुवेदी, यशाेदा अधिकारी आचार्य प्रस्तुत गर्नुभयो ।


कार्यक्रम अघि जिल्ला सदरमुकाम इनरुवा नगरपरिक्रमा गरेको थियो । शान्ति र मानवताकाे लागि सद्भावनायात्रा इनरुवा नगरपालिकाहुदै  ईनरुवा बजार- ईनरुवा गुद्रि बजार- ईनरुवा नगरपालिका सम्पन्न गरेको जनाएको छ।सम्पन्न भएको सभ्य कार्यक्रम सञ्चालन करुणा अभियन्ता पुण्यवति बराल पाेखरेलले गर्नुभएकाेथियो । उक्त कार्यक्रम  करुणा समाजका अध्यक्ष एकराज खनालकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रमकाे आन्सिक प्रत्यक्ष प्रसारण सत्य संसार पेज इनरुवा ले गरेको थियो ।