सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समुहको आठौं वार्षिक साधारण सभामा सम्पन्न

सुरेन्द्र कुशवाहा
इनरुवा । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर १ को श्री सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समुहको आठौं वार्षिक साधारण सभामा सम्पन्न भएको छ ।

आइतबार सामुदायिक वन समिति कार्यालयको प्राङ्गणमा सभा सम्पन्न भएको हो।

साधारणसभा कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलले समुद्घाटन गर्नुहुदै वन संरक्षणमा उपभाेक्ता भुमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।

सिंहवाहिनी सामुदायिक वन उपभोक्ता समुहको आठौं बार्षिक साधारणसभा कार्यक्रममा आफ्नो आय व्यय सार्वजनिक गर्दै साधारणसभा सम्पन्न गरिएको वन उपभोक्ता समुदायका सचिव उमेश कुमार मेहताले जानकारी दिनुभयो ।