“विद्यार्थीको अठोटः यस पाली स्ववियुमा नेपाल विद्यार्थी संघलाई भोट” भन्ने नाराका साथ नेपाल विधार्थी संघ सुनसरी बहुमुखी क्याम्पस ईकाई स्ववियु चुनावमा जुटेको छ ।

नेविसंघका नेता सेराजुदि्न हुसेनले दिनुभएको जानकारी अनुसार
स्ववियु निर्वाचन-२०८१ चैत्र ५ गतेका लागि नेपाल विद्यार्थी संघको तर्फबाट सुनसरी बहुमुखी क्याम्पस स्ववियुको अध्यक्षको उम्मेदवार सुनिल कुमार मण्डललाई बनाएको छ । नेविसंघले राष्ट्रियता, लोकतन्त्र, समाजवाद र विद्यार्थी एकता हाम्रो आदर्श हुन् भन्दै भाेट माग्न समेत सुरु गरेको हुसेनले जानकारी दिनुभयो ।