हाेली मिलन समारोह तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सुरु
सुनसरीकाे इनरुवामा राष्ट्र सेविका नेपाल जिल्ला कार्यकारिणी सुनसरीकाे आयोजनामा हाेली मिलन समारोह तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सुरु भएको छ ।



सयौंको सहभागीतामा मिलन समारोह कार्यक्रम सुरु भएको राष्ट्र सेविका नेपाल जिल्ला कार्यकारिणी सुनसरीका सेविका सुमित्रा मेहताले जानकारी दिनुभयो ।

इनरुवा २ काे विहिबारे हाट अगाडिको सडकमा सभ्य र भव्यताका साथ हाेली मिलन कार्यक्रम सुरु भएको हो ।


