पत्रकार यादव माथि कुटपिट , प्रहरीमा माैखिक उजुरी
सुनसरी
२०८१ चैत २ गते । सुनसरीकाे काेशी गाउँपालिका ८ निवासी २१ वर्षीय पत्रकार देवराज यादव माथि कुटपिट भएको छ ।

यादवलाई कोशी गाउँपालिका वडा-८ स्थित कोशी केयर हस्पिटलका सञ्चालक हरिनगर गाउँपालिका ५ बसन्तपुर निवासी ३२ वर्षीय सुबोध यादवले चैत १ गते राति अस्पतालमा भिडियो किन खिचेको भन्दै कुटपिट तथा दुर्ववहार गरेको हो । फेसबुक लाईभ गर्दै यादवले कुटपिट गरेको घटना बाहिरी ल्याउनुभएको छ । हरिपुर भाण्टाबारी केन्द्रबिन्दु बनाएर सत्य संसार पत्रिका सहित विभिन्न सञ्चार माध्यममा कार्यरत रहनुभएका पत्रकार देवराज यादवलाई अस्पताल सञ्चालक सुवाेद यादवले कुटपिट गर्दै ज्यान मार्ने प्रयास गरेको दावी गरेको छ ।

कुटपिटबाट घाइते पत्रकार यादवकाे सुनसरीको भाेक्राहा नर्सिङ गाउँपालिका ४ काे सप्तकोसी न्युरो अस्पतालमा उपचार भइरहेको छ । उपचारका क्रममा पत्रकार यादवले सामाजिक संजाल लाइभ मार्फत आफ्नो ज्यानको खतरा रहेको बताउदै आफुलाई सुबोध यादवले रक्सी खाएर कुटपिट गरेको बताउनुभएकाे छ । पत्रकार यादवले आफु मरेपछि सुबोध यादव जिम्मेवार हुने समेत बताउनुभएकाे फाईभ छ । ज्यान मार्ने धम्की आएपछि पत्रकार यादवले सुनसरी प्रशासनसँग सुरक्षाको माग गरेका छन् ।


उता पत्रकार देवराज यादवलाई काेशी हेल्थ कियर भाण्टाबारीका सञ्चालक सुवाेद यादवले कुटपिट गरेकोमा घाइते भएर उपचार गराउदै गरेको अवस्थामा ईन्सेक प्रतिनिधि जयकृष्ण यादव र पत्रकारहरुले भेटघाट गरेर यथार्थ बुझ्ने काम गरेकाे छ । ईन्सेक प्रतिनिधि तथा पत्रकारहरुलाई भेटको क्रममा पत्रकार यादवले टाउकोमा चाेट रहेको प्रतिक्रिया दिनुभयो ।

उता प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले घटनाको जानकारी आएको र जाहेरी अनुसार कार्वाही हुने प्रतिक्रिया दिनुभयो ।
