सुनसरी बहुमुखी क्याम्पस इनरुवामा स्वतन्त्र विधार्थी युनियनकाे चुनावी माहोल तातेकाे छ । सुनसरी बहुमुखी क्याम्पस  स्व.वि.यु. निर्वाचन २०८१ प्रत्यक्ष तर्फ दुई वटा प्यानल र समानुपातिक तर्फबाट ६ वटा संगठन चुनावमा हाेमिएकाेले चुनावी माहोल तातेकाे हो  ।

सुनसरी बहुमुखी क्याम्पसमा प्रत्यक्ष तर्फ समाजवादी विधार्थी युनियन, नेपाल , अखिल क्रान्तिकारी अनेरास्ववियु र राष्ट्रिय विधार्थी मञ्चकाे संयुक्त प्यानल नितेश कुमार यादव र नेपाल विधार्थी संघ र जनमत विधार्थी सहितको प्यानलबाट सुनिल कुमार मण्डल सभापतिकाे उमेदवार रहनुभएकाे छ ।


एक सभापतिका लागि दुई उमेदवार, सचिवमा मन्ताेश कुमार मण्डल र योगमाया कार्की, काेषाध्यक्षमा भुपराज दास र ममिता कुमारी मेहता रहनुभएकाे छ ।  पाँच जना सदस्यका लागि १० जनले उम्मेदवारी दिनुभएको छ । सदस्य उमेदवारमा अर्जुन चौधरी, अर्चना खत्वे, अन्जली कुमारी उराव, सुदिप कुमार मण्डल, सिर्जना मोची, पार्वती कुमारी मण्डल, मिमोसा सुवेदी, रितिक माझि, रेहान फजल अन्सारी र गिरेन्द कुमार साह रहनुभएकाे छ ।

दुईवटा प्यानलले आ आफ्नो पक्षमा मत मागिरहेको छ
मतदान अधिकृतका अनुसार चैत ५ गते विहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुनेछ दलहरूले समेत उम्मेद्वारहरुलाई अत्याधिक मत दिएर बिजय गराउन तथा समानुपातिकमा मतदानका लागि अपिल गरेको छ ।