जयकृष्ण यादव । इनरुवा
इनरुवा ,चैत ४ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका १ ढोकका सरोकारवालाहरु सार्वजनिक सम्पत्ति संरक्षणमा जोड दिएका छन् । भोक्राहा १ मा रहेको शारदा माध्यमिक विद्यालयको १४ विघा ३ कट्ठा जग्गा रहेको भएपनि उपभोगमा कमै मात्रै रहेको र अरु अतिक्रमणको चपेटामा परेकाले जग्गा खोज्न नापी गर्ने भएको छ । विद्यालय सहित रामजानकी मन्दिर, सुखसेना नहर र बाहुनी खोला सहितको सार्वजनिक जग्गाहरु दोहनमा परेको भन्दै सार्वजनिक सम्पत्ति संरक्षणमा जोड दिएको हो । सामाजिक परिवर्तन केन्द्र काठमाडौंको आयोजनामा भएको संवाद कार्यक्रममा सरोकारवालाहरुले सार्वजनिक सम्पत्ति संरक्षणमा जोड दिएका हुन ।

केन्द्रका सुनसरी संयोजक रमेश भट्टराईका अनुसार सार्वजनिक सम्पत्ति संरक्षणमा चुनौती रहेको र दोहन तथा अतिक्रमण बढेको गुनासो आएको र त्यसको मौखिक सुचनापछि संवाद गरेको हो । उक्त विषयमा आएको जानकारी शारदा माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार मेहता, प्रधानाध्यापक रामु मेहता, वडा अध्यक्ष लक्ष्मण मेहता, गाउँपालिका उपाध्यक्ष सुनिताकुमारी उराँवलाई दिएर आयोजना गरेको संवादमा सरोकारवालाहरु सार्वजनिक सम्पत्ति संरक्षणमा जोड दिएको जनाएको छ । सवाल सहितको गुनासो आएकाले केन्द्रले सरोकारबालाहरुलाई राखेर संवाद गर्न गरेको हो । स्थानीय सरकार, सार्वजनिक सम्पती मिच्ने र जनताका बीचमा निम्तिएको विवाद र गुनासामा संवाद गरेको हो । कर्यक्रम गरेकाले सरोकारबालाहरुको ध्यानाकर्षण भएको छ । संवाद गाराएपछि सरकारी सम्पती संरक्षण र जनताका बीचमा बढेको द्धन्द्ध कम हुदै सम्बन्ध सुधार हुने भएको छ । सार्वजनिक सम्पती साझा भएको सन्देश प्रवाह भई द्धन्द्ध र विवाद कम हुने अपेक्षा गरिएको छ । सरकारी एलोनी पर्ती तथा सार्वजनिक निकाय विद्यालय, मन्दिर, खोला र सडकको जग्गा सहित सार्वजनिक संरक्षणमा ध्यान नदिदाँ स्थानीयबासी र सरकारका बीचमा त कहिले स्थानीयबासीकै बीचमा अतिक्रमको विषयमा विवाद भईरहेको भोक्राहा नरसिंह गाउँपालिकाबाट स्थानीयहरुको गुनासो बाहिर आएकोले हामीले भोक्राहा नरसिंह गाउँपालिका र त्यसको असर स्थानीयवासीलाई परेको रहेछ भन्ने थाहा पायौं । त्यसमा को को कसकसराई वा समुदायलाई असर परेको विषयमा हामीले स्थलगत रुपमा शारदा माध्यमिक विद्यालयको जग्गा, रामजानकी मन्दिर र बाहुनी खोला सहितको अनुगमन निरिक्षण तथा स्थानीयसंग प्रारम्भीक कुराकानी गरेको र त्यसको मौखिक जानकारी वडा अध्यक्ष समेतलाई दियौं । उहाँहरुलाई गुजासो आएकाले हामीले सरोकारबालाहरुलाई राखेर संवाद गर्न महत्पूर्ण ठान्यौ । गाउँपाकिलामा सयौं विघा जग्गा एलानी रहेकामा गाउँठाउँमा विवाद सतहमा पुग्ने आन्दोलन हुन सक्ने सम्भावना भएकाले असन्तुष्टी र अस्पष्टतालाई कम गर्दै सार्वजनिक सम्पती संरक्षणमा प्रष्टता ल्याउन संवाद गरेको हो । यसको सवालमा संवाद गरेपछि स्थानीय वडा सरकारले पक्षहरुको बीचमा लिखित रुपमा नै सामूहिक प्रतिवद्धता लिएर एलानी जग्गा नापजाँच गर्नेर अतिक्रमण हटाउन पहल गर्ने निणर्य गरेको छ । सार्वजनिक सम्पतीका बारेमा अस्पष्ट भएको विषयमा प्रष्टता पार्ने काम भएको छ ।

वडा तथा गाउँबासी नागरिक र स्थानीय सरकारका बीचमा सार्जनिक सम्पती दोहोन की उपयोग भन्ने विषयमा बढेको द्धन्द्धको निराकरणमा योगदान गर्ने अपेक्षा गरिएको छ । वडा सदस्य अकलदेव मेहताले सार्वजनिक सम्पत्ति संरक्षण जरुरी रहेको बताउनुभयो ।