सुनसरीकाे सदरमुकाम समेत रहेको  इनरुवा नगरपालिकालाई खेलकाे माध्यमबाट देशभर चिनाउनुपर्नेमा खेलाडीले जाेड दिएका छन । इनरुवा तेक्वान्दो डोजाङ्ग प्रमुख विरेन्द्र कुमार शाहले तेक्वान्दो खेल प्रेमि बालबालिका तथा  युवायुवतीहरुकोलागि तेक्वन्दो खेलाउनका निम्ती स्थानकाे जरुरी रहेकोले इनरुवालाई खेलकाे माध्यमबाट देशभर चिनाउनुपर्ने बताउनुभयो  । मंगलबार साहले आफुहरुकाे लागि तेक्वान्दो खेलाउने स्थान नभएकोले इनरुवा नगरपालिका १ स्थित रहेको इनरुवा रंगशाला (जेल फिल्ड)काे कवर्ड हल उपलब्ध गराउन  माग गर्नुभएको छ ।

मंगलबार इनरुवा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष प्रमाेद पाेखरेललाई माग पत्र बुझाउनुहुदै तेक्वन्दो खेलका लागि हल उपलब्ध गराई पाउँ भन्नुभएको छ । इनरुवा नगरपालिका स्थित रहेको रङ्गसाला (जेल फिल्ड) मा रहेकाे कबर्ड हल उपलब्ध गराउन माग गर्नुभएको हो ।  इनरुवामा रहेको खेल प्रेमि यूवायूवतिहरुको लागि तेक्वन्दो खेलाउनका निम्ती सो कवर्ड हल तेक्वन्दो खेलाउनको लागि उपलब्ध गराई दिनुहुन भन्दै निवेदन आएको वडा अध्यक्ष प्रमाेद पाेखरेलले जानकारी दिनुभयो ।