छात्रवृत्ति वितरण तथा कक्षा ८ का विद्यार्थीहरुको विदाइ समारोह कार्यक्रम
सुरेन्द्र कुशवाहा । सुनसरी
सुनसरीको भोक्राहा नरसिंह २ स्थिति श्री आधारभुत विद्यालयमा छात्रवृत्ति वितरण तथा कक्षा ८ का विद्यार्थीहरुको विदाइ समारोह कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार एक कार्यक्रमको आयोजना गरेर छात्रवृत्ति तथा विदाइ समारोह कार्यक्रम सम्पन्न भएको हो ।


छात्रवृत्ति अन्तर्गत दलित विद्यार्थीलाई चार सय रुपैया , सिमान्कृत १९ जना लाई ५ सय रुपैयाँ , छात्रा तर्फ ३५ लाई चार सय र अपांग १ जना लाई ५ हजार रुपैया प्रदान गरिएकाे छ। प्नधानाध्यापक मनाेज कुमार पाेखरेलका अनुसार विद्यालयमा अध्यनरत लाभग्राही बालबालिका सहित १२ कर्मचारी र ३१९ जना विद्यार्थीकाे उपस्थिति रहेको थियो ।


