नीजि विद्यालयका सञ्चालकदेखी विषयगत शिक्षकसम्मलाई निरीक्षकमा राखेर चिट चोराएको गुनासो
सुनसरी सदरमुकाम इनरुवामा केही परीक्षा केन्द्रमा प्रावि तहका तर शैक्षिक योग्यता डिग्री भएको र नीजि विद्यालयका सञ्चालक तथा पढाउने शिक्षक समेतलाई निरीक्षकमा राखेर चिट चोराएको गुनासो बाहिर आएको छ । विहीबार पहिलो दिनको परीक्षामा प्रायः अग्रेजी विषयका मावि पढाउने तर नियुक्ती प्रावि तहमा रहेको शैक्षिक योग्यता समेत विएड, एमएड अर्थात डिग्री गरेकाहरुलाई परीक्षामा निरीक्षक राखेर चिट चोराएको गुनासो बाहिर आएको हो । नीजि र सामुदायिक दुवै तर्फको पहुचबाला विधार्थीलाई मात्रै सिकाएको र चिट चोराएकाले परीक्षार्थीबाटै यस्तो गुनासो बाहिर आएको हो । इनरुवा ९ को सरस्वती मावि परीक्षा केन्द्रमा बालकृष्ण मावि भुटाहा, जनता मावि गौतरमपुर, ज्ञानोदय आधारभुत विद्यालय इनरुवा सहितको अग्रेंजी विषयका जानकार शिक्षक क्रमशः किसोर चौधरी, रामानन्द मेहता र गजेन्द्र मेहता सहितलाई राखेर चिट चोराएकाले परीक्षार्थीबाटै यस्तो गुनासो बाहिर आएको हो ।
सहायक केन्द्राध्यक्ष नाम थहा नभएको सरले पनि आफ्नो कोचिंगमा पढेको विधार्थीलाई चिट चोराएको र दुई जना सरले भनेर , टिक लगाएर सहयोग गरेको परीक्षार्थीहरुले बताएका छन् ।
यस विद्यालयका प्राधानाध्यापक तेजनारायण यादवले आफू बसेको खण्डमा विरोध हुने भएकाले उहाँ निकट मानिएको शिक्षक उमेश यादवलाई केन्द्राध्यक्ष बनाएर बाहिरबाट विषयगत शिक्षक राखेर चिट चोराएकाले परीक्षा केन्द्रमा नितरानी र निरीक्षकहरु माथि छानविन गर्नुपर्ने रुष्ट परिक्षार्थीहरुले माग गरेका छन् । एक परीक्षाका अनुसार नाम भनेको खण्डमा परीक्षामा समस्या पार्ने भएकोले नाम उल्लेख नगर्ने शर्तमा नीजिका विधार्थीहरुलाई बढी चिट चोराएको छ । सामुदायिक बालमन्दिर मावि र भगवती माविकालाई कम सहयोग भएपछि केन्द्राध्यक्ष र निरीक्षक माथि परीक्षार्थीबाटै यस्तो आरोप बाहिर आएको छ ।
उता अनुगमन पुगेको संचारकर्मीसंग केन्द्राध्यक्ष उमेश यादवले आफूहरुले कसैलाई चिट चोर्न र चोराउन नदिएको तथा मोवईल समेत निषेध गरेको प्रतिकृया दिनुभयो ।
उता भगवती माविमा पनि शिक्षकलाई केन्द्राध्यक्ष बनाएर चिट चोराउने काम भएको गुनासो बाहिर आएको छ ।
यसैबीच सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा व्यवस्थित, मर्यादित, शान्त र भयरहित बनाउन आवश्यक रहेको सरोकारबालाहरुले बताएका छन् ।
सुनसरीमा सभ्य र मर्यादिन हुने भनिएको एसइई परीक्षामा अमर्यादिन गतिविधि र चिट चोर्ने काम भएको पाइएको छ । स्थानीय निजी विद्यालयका केही प्रिन्सिपलहरु एक दिन अघि नै चारचक्के गाडी लिएर परीक्षा केन्द्रमा गएर केन्द्राध्यक्षसंग डिल गरेकाले परीक्षा मर्यादा विपरीत गतिविधि गर्ने क्रम बढेको हो । केही निजी विद्यालयका सञ्चालकले विद्यार्थीहरुलाई चिट चोराउनका लागि पुर्व तयारी स्वरूप केन्द्राध्यलाई भेटेको र आफू अनुकूल निरिक्षक राख्न समेत लगाएको कुरा फरक फरक स्थानीय तहको शिक्षकलाई ल्याउनु र वर्डभिजन स्कूलका सञ्चालक समेत रहेका रामान्द मेहतालाई निरीक्षक राख्नुले पनि अमर्याति बनाउने नियत रहेको बुझिएको छ । परीक्षामा मोवाईल निषेध गरिएकोमा केन्द्राध्यक्ष र निरीक्षकको सहयोग र मिलिभगतमा चिट चोराउने काम भएको एक पुर्व निरीक्षकले जानकारी दिनुभयो । केन्द्रमा परिक्षार्थी जानुपर्नेमा प्रिन्सिपलहरु कार, स्कोरपियो र गाडीमा पुगेकाले संकास्पद रहेको सहजै अनुमान गर्न सकिन्छ । केही निजी विद्यालयहरुले विद्यार्थीबाट परीक्षा केन्द्र खर्च भन्दै केही रकम असुली समेत गरेको बिधार्थीहरुले नाम उल्लेख नगर्ने शर्तमा बताएका छन् । सुनसरीमा ५० परीक्षा केन्द्रमा १३ हजार ५७३ परीक्षार्थी सहभागी भएका छन् ।
सरस्वती माविमा गणित विषयको दिन वीरेन्द्र मेहता सहितकालाई राख्ने तयारी भएको केन्द्र स्रोतले जनाएको छ । पहिलो दिन रहेकाहरु मध्येबाट केहीलाई बाहिर राख्ने र विषयगत रुपमा जानकार शिक्षकलाई निरीक्षक राख्ने तयारी भएको बुझिएको छ ।
सरस्वती माविमा ९ वटो कोठामा परीक्षार्थी राखेर परीक्षा सञ्चालन भईरहेको छ । विधार्थीको संख्याका आधारमा निरीक्षकको कोटा खर्च आउने भएकाले त्यसमा एकातिर रकम पनि लिने र अर्को तिर चिट चराउन समेत सहयोग पुग्ने गरी आलोपालो गरेर विषयत जानकार मावि पढाउने तर प्राविमा नियुक्ती भएकाहरुलाई राखेको पाइएको छ । परीक्षा केन्द्र बाहिर शान्त देखिएको भएपनि विषयगत शिक्षकले सिकाएको र निर्वाद रुपमा गाईड, गेसपेपर राखेर लेखेको अनुगमनको क्रममा देखिएको छ ।
उता प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रले परीक्षा मर्यादिन हुने र कोही कसैले अर्मादित गरेको खण्डमा कानुनी कार्वाही हुने प्रतिकृया दिनुभयो ।
