सुनसरीका साहित्यकार तथा पत्रकारलाई सामाजिक विकासमा गरेको याेगदनकाे कदर गर्दै सम्मान गरेको छ ।

“भाषा, कला, साहित्य, संस्कृति, शिक्षा, पर्यटन र पर्यावरणको विकास प्रवर्द्धन र संरक्षण, आपसी विश्वास, स‌द्भाव, भावनात्मक एकता सहित राष्ट्रिय एकताको माध्यमबाट नवजागरण युगको स्थापना” मुल नाराका साथ गरिएको पुस्तक विमाेचन तथा सम्मान कार्यक्रममा दर्जनभन्दा बढीलाई सम्मानित गरेको हो ।  बलेंसी साहित्य समाज नेपाल भद्रपुर ९, झापाकाे आयोजनामा भएको कार्यक्रममा गाेरखापत्र दैनिकका इनरुवा समाचारदाता जय कृष्ण यादव सहित दर्जनभन्दा बढीलाई सम्मान-पत्र सहित सम्मान गरेको छ । समाजले नेपाली भाषा,साहित्य,कला,संस्कृति,गीत,संगीत , पत्रकारीताका रचनात्मक रुपमा पुऱ्याउनु भएको अतुलनिय योगदानको उच्च कदर गर्दै सम्मानित गरेको जनाएको छ । प्रमुख अतिथि काेशी प्रदेश  पर्यटन, वन तथा वातावरण मन्त्रि सदानन्द मण्डल र बलेंसी साहित्य समाज नेपालका अध्यक्ष प्रेम प्रसाद पौडेलले सम्मान गर्नुभएको थियो । सम्मानित हुनेमा मैथिली फिल्मका सुपर स्टार भागवत मण्डल , अधिकारकर्मी चुन्नी खातुन, धर्मेन्द्र मेहता, अनुश मेहता, साहित्यकार लिलानाथ सिलवाल, छविनाथ रिजाल , देवनारायण लहुटिया सहितको रहनुभएकाे छ ।


हार्दिक धन्यवाद सहित यो सम्मान पत्र प्रदान गरिएको छ । आगामी दिनमा यसरीनै नेपाली भाषा, साहित्य कला, संस्कृति लगायतका क्षेत्रमा निरन्तर रुपमा यहाँले आफ्‌नो अमूल्य योगदान गरिरहनु हनेछ भन्ने आशा, अपेक्षाका साथ उज्ज्वल भविष्यको मंगलमय शुभकामना व्यक्त गर्दछौं ।
सत्य संसार