जयकृष्ण यादव । इनरुवा
इनरुवा , चैत ९ गते । साहित्यकार नीला घिमिरेको “स्वप्निल बिपनाहरु” पुस्तक विमोचन भएको छ । सुनसरीको इनरुवा नगरपालिकामा काठमाडौको बतिसपुतलीमा जन्मिनुभएका साहित्यकार घिमिरेको चौथो पुस्तक “स्वप्निल बिपनाहरु” पुस्तक विमोचन भएको हो । कथा, गीत, कविता, समालोचना लगायत विधाका विभिन्न विषयमा कलम चलाइरहनुभएकोे सर्जक घिमिरेको “स्वप्निल बिपनाहरु” पुस्तक शनिबार सार्वजनिक भएको छ । विमोचन कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश पर्यटन, वन तथा वातावरण मन्त्रि सदानन्द मण्डल, विषेश अथिति इनरुवा नगरपालिकाका उपप्रमुख विनिता कुमारी मेहता र बलेंसी साहित्य समाज नेपाल झापाका अध्यक्ष प्रेम प्रसाद पौडेलले संयुक्त रुपमा “स्वप्निल बिपनाहरु” पुस्तक विमोचन गर्नुभएको थियो । टिप्णीकार किसोर कोईरालाले कथाको पुस्तक एकपटक मात्र होइन, पटक पटक पढ्दै जाँदा झन् नवीन सिकाइ थपिदै जाने बताउनुभयो । “स्वप्निल बिपनाहरु”मा सामाजिक विकृति र महिलाहरुको पीडालाई र भोगाइलाई समेटेको कोईरालाले उल्लेख गर्नुभयो ।


विमोचन कार्यक्रममा जनता माध्यमिक विद्यालय, गौतमपुरका प्रधानाध्यापक लिलानाथ सिलवाल, साहित्यकार छविनाथ रिजाल, धमेन्द्र मेहता र जयकृष्ण यादवले पुस्तक सामाजिक अवस्था र भोगाईलाई दर्शाकाएको तथा समाजलाई मार्गदर्शन गर्न सक्षम रहेको बताउनुभयो । विमोचन कार्यक्रममा मैथिली फिल्मका सुपर स्टार भागवत मण्डल, अधिकारकर्मी चुन्नी खातुन, गायक धर्मेन्द्र मेहता, रामचन्द्र मेहता, साहित्यकार लिलानाथ सिलवाल, छविनाथ रिजाल, देवनारायण लहुटिया सहितको उपस्थिती रहेको थियो ।

त्यसैगरी मिना देवकोटा, अरुण कुमार मण्डल, महेन्द्र यादव, राजकेसरी काफ्ले, लक्षमी नारायण चौधरी, प्रमानन्द चौधरी, धिरेन्द्र गच्छदार, पर्शुराम चौधरी, जानकी चौधरी, शिवशंकर पंडित, रामचन्द्र माझी, शैलेनद्रकुमार पराजुली, रंजु झा, यसोदा पौडेल, पुजा आरधाना सहितको उपस्थिती रहेको थियो ।