जयकृष्ण यादव । इनरुवा
इनरुवा , चैत ९ गते । इनरुवा नगरपालिका ५ मा रहेको नवयुग एकेडेमी प्रा.लि. इनरुवाको दिक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको छ । इनरुवा ५ बलाहाको दिक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको हो । एकेडेमीका अध्यक्ष केदारप्रसाद न्यौपानको अध्यक्षतामा दिक्षान्त समारोह कार्यक्रम सम्पन्न भएको जनाएको छ ।


कार्यक्रममा विभिन्न विधाका उत्कृष्ठ शिक्षक, कर्मचारी तथा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा पोष्ट नेपाल, अन्जनी कुमार न्यौपाने, गोविन्द्र पोखरेल, धनराज भट्टराई, हेमनाराष्ण चौधरी, शिवप्रसाद न्यौपाने, केदार पौडयाल, दामोदर आचार्य, दाताराम पोखरेल, एकेडेमीका खगेन्द्र पोखरेल सहितको उपस्थिती रहेको थियो । एकेडेमीमा एक हजार विद्यार्थीहरु अध्ययनरत छन् भने ३८ जना शिक्षक र १४ जना कर्मचारी कार्यरत रहेको संस्थाका खगेन्द्र पोखरेलले जानकारी दिनुभयो । समारोहमा एकेडेमीमा अध्ययरत विद्यार्थीहरुले सांस्कृतिक प्रस्तुती समेत पस्केका थिए । उक्त एकेडेमी प्ले ग्रुपदेखी १२ कक्षा सम्पन्न सञ्चालन रहेको छ । विद्यालयको शैक्षिक गुणस्तर, स्तरीय हेरचाह र अभिभावकीय ब्यवहार तथा स्वस्थकर खानपान एवंम् वातावरणका कारण विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढ्दै गएको विद्यालयले जनाएको छ । विधार्थीको चौतर्फी विकासका लागि नियमित कक्षासगैं औपचारिक अतिरिक्त कार्यक्रम गर्ने गरेको जनाएको छ ।
वत्ताहरुले विद्यालय वा अभिभावक एउटा पक्षले मात्र हात अघि बढाएर नहुने भन्दै दुवै पक्षको उत्तिकै साथ र सहयोग चाहिनेमा जोड दिएका थिए । अभिभावाकहरुले विद्यालयबाट अपेक्षा बढी गर्ने तर आफ्नो कमजोरी नदेख्ने कारण केही समस्या हुने गरेको गुनासो गरेका थिए । विद्यालयमा पढ्न पठाएर मात्र नहुने भन्दै आफ्ना बालबालिकाको संगत, उनीहरुको व्यवहार र चरित्र निर्माणमा समेत ध्यान दिन अभिभावकलाई विद्यालयको तर्फबाट सुझाव दिएका थिए ।


कार्यक्रममा विद्यालयले आफ्ना अमूल्य सन्ततीलाई पढाउने अवसर दिएकामा अभिभावकलाई विशेष अतिथि मानेर स्वागत तथा अभिनन्दन गरेका थिए भने अभिभावकको विश्वास र अपेक्षा अनुरुप कार्य गर्ने प्रतिवद्धता व्यक्त गरिएको थियो ।

अभिभावकको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीले गीत, नृत्य लगायत आफ्ना विविध प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रममा यस वर्ष उत्कृष्ट शिक्षण सिकाइमा संलग्न भएको भन्दै विद्यालयका शिक्षकहरुको परिचय समेत गराएको थियो ।