“संसारका मजदुरहरु एक होऔं ।” माओवाद, मार्क्सवाद, लेलिनवाद-जिन्दावाद भन्ने मुल नाराका साथ नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) हरिनगर गाउपालिका समितिकाे दाेस्राे गाउँ अधिवेशन सम्पन्न भएको छ । पार्टीका सुनसरी संयाेजक याेगेन्द्र मण्डल पप्पुकाे प्रमुख आथित्यता र हरिनगर अध्यक्ष सुरेश शर्माकाे अध्यक्षतामा सम्पन्न भएको छ ।  पार्टीको दोश्रो गाउँ अधिवेशन शनिवार श्री हरिनगरा मा. वि.को सभा हलमा सम्पन्न भएको हो । आयोजक नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) हरिनगर गा. पा. समिति सुनसरीका अनुसार पुनः पार्टीको अधिवेशनले  सुरेश शर्माकाे अध्यक्षतामा १५ सदस्यीय गाउँ कमिटी चयन भएको छ ।  पार्टीको विभिन्न तहका नेता कार्यकर्ताकाे उपस्थितिमा अधिवेशन सम्पन्न भएको थियो ।