इनरुवा , चैत १० गते । सुनसरी जिल्ला अस्पताल इनरुवामा चिकित्सकको लापर्वाहीले एक विरामीको निधन भएको भन्दै आफन्तहरुले होहल्ला र विरोध गरेपछि आईतबार केही बेर तनाव भएको छ । इनरुवा नगरपालिका १ की ६५ वर्षीया राधादेवी कोईरीको चिकित्सकको लापर्वाहीले निधन भएको भन्दै अस्पतालमा विरोध गरेपछि तनाव भएको हो ।
खाना खाईरहेको र बोलिरहेको अवस्थाको विरामीलाई डाक्टर रोहित कर्णले अत्याधिक कडा खालको औषधी चलाएको १० मिनेटमा निधन भएकोले चिकित्सकको लापर्वाहीले विरामीको निधन भएको भन्दै केही बेर विरोध भएको छ । सुरक्षाकर्मी र स्थानीयहरुको समन्वयमा पीडित पक्षलाई सम्झाईबुझाई गरेर बार्ताको माध्यमबाट शव बुझ्ने भएपछि अवस्था सामान्वय भएको अस्पतालका निमित प्रमुख अभिताभ ठाकुरले जानकारी दिनुभयो ।

मृतकका छोरा रामचन्द्र मेहताका अनुसार आमालाई अस्पतालले पूर्ण बेवास्ता र चिकित्सकको लापर्वाहीले मारेको हो । केही मात्रै समस्या भएर विरामी भएको दुईदिनदेखी उपचाररत्त रहेकोमा सनिबार राती बाहिर लानुपर्ने भए रेफर दिन मागेकोमा सामान्य रहेको भन्दै उपचार यही गराउन र रेफर लान नपर्ने सुझाएको डाक्टरले १२ घण्टा नहुदै निधन भएकाले लापर्वाही भएको पीडितको आरोप छ ।


१, सुनसरी जिल्ला अस्पताल इनरुवामा चिकित्सकको लापर्वाहीले विरामीको निधन भएको भन्दै आफन्तहरुले होहल्ला र विरोध गरेपछि तनावग्रष्ट अस्पतालमा सुरक्षादिदै सुरक्षाकर्मी ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा