एमालेसंगको गठबन्ध आवश्यकता ः थापा
जयकृष्ण यादव । इनरुवा
इनरुवा, चैत ११ गते । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो राजनीतिक घटना क्रमले एमालेसंगको गठबन्ध देशको आवश्यकता भएर भएको बताउनुभएको छ ।
सुनसरीको इनरुवामा सोमबार आयोजित नेपाली कांग्रेस प्रदेश प्रशिक्षण विभागको अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममा उहाँले देशको विकास र निकासका लागि एमालेसंगको गठबन्ध भएको बताउनुभयो । उहाँले काग्रेंसको नेतृत्वमा सरकार बन्ने अवस्था नभएको तर देशलाई ठूला दलहरुको आवश्यकता भएकाले गठबन्ध भएको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्नुहुदै थापाले अहिलेको अवस्थामा मुलुक विकासको मार्गमा अघि बढिरहेको बतायनुभयो । देशको स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधार लगायत क्षेत्रमा विकास हुँदै गएको बताउनुभयो ।
उहाँले भन्नभयो, ‘२०४६ सालपछि देशमा, स्वास्थ्य, शिक्षा, सडक, कृषि, सिँचाइ, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधारलगायत क्षेत्रमा उल्लेख्य मात्रामा विकास भएको छ । हामीले केही भएको छैन भन्नुभन्दा विकासले गति लिँदैछ भन्नु आवश्यक छ । ’


प्रजातन्त्रको स्थपना पछि काग्रेंसको नेतृत्वको सरकारले सबै क्षेत्रमा अवसरहरु सृजना गरेको चर्चा गर्नुहुदै सोही समयमा भएअनुसारकै विकासका लागि उधोतधन्दा कलकारखाना स्थापना, स्वदेशमा रोजगारको अवसर सृजना र वैदेशिक रोजगारलाई मर्यादित र व्यवस्थित जरुरी रहेको बताउनुभयो ।
नेपाली युवालाई मुलुकमा विकास भएको छैन भनेर गलत सन्देश कसैले प्रवाह गर्न नहुने धारणा राख्नुहुदै महामन्त्री थापाले युवाका लागि स्वरोजगारका अवसर सिर्जना गरी विदेश पलायनदर रोक्न सबैले सहकार्य र समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।
‘हामी सामाजिक सञ्जालमा बढी समय बिताउँछौँ । सामाजिक सञ्जालको सही उपयोग नगरी देशमा विकास भएको छैन भनेर सन्देश प्रवाह कसैले नगरौँ । हामीले विगत र वर्तमान अवस्थालाई विश्लेषण गरौँ, अनि मुलुकमा सकारात्मक परिवर्तनसँगै विकास भएको छ कि छैन आफैँ मूल्याङ्कन गरौँ ?,’ उहाँले भन्नुभयो ।
राजनीतिक दलसँगै तीनै तहका सरकारले नागरिकका कुरा सुनेर असन्तुष्टिलाई सन्तुष्टिमा बदल्ने प्रयास गर्नुपर्नेमा जोड दिनुहुदै थापाले आमनागरिकले पनि यही अपेक्षा गरेका बताउनुभयो । मुलुकमा रहेका बेथिति र समस्या समाधान गर्न वर्तमान सरकार लागिपरेको भन्दै उहाँले सरकारलाई सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रशिक्षण कार्यक्रममा नेपाली कांग्रेसका नेता मिन विश्वकर्मा, राजिव कोईराला, राजिव ढुगांना, पार्टी सुनसरी सभापती केदार भण्डारी सहितको उपस्थिती रहेको थियो ।
राष्टियता, लोकतन्त्र, समाजवाद नाराका साथ नेपाली कांग्रेस जिल्ला कार्यसमिति, सुनसरीको अगुवाईमा भएको नेपाली कांग्रेस प्रदेश प्रशिक्षण विभागको अभिमुखिकरण तथा प्रशिक्षण कार्यक्रममा जिल्लाका नेपाली कांग्रेस महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि, जिल्ला, क्षेत्र र प्रदेश सभा पदाधिकारी तथा नगर सभापति र वडा सभापतिहरुको उपस्थिती रहेको थियो । अभिखकरण तथा प्रशिक्षण कार्यक्रम ओम साई पार्टी प्यालेस, इनरुवा–३, सखुवागाछीमा सम्पन्न भएको नेपाली काग्रेस सुनसरी सचिव वीरेन्द्र कुमार साहले जानकारी दिनुभयो । कार्यक्रम कोशी प्रदेश प्रशिक्षा विभाग नेपाली काग्रेस
प्रशिक्षण शाखा सनसरी, व्यवस्थापन जिल्ला कार्यसमिति सनसरीले गरेको थियो।
