जयकृष्ण यादव । इनरुवा
इनरुवा , चैत ११ गते । सुनसरीको इनरुवा नगरपालिकामा गाईभैसीलाई लाग्ने खोरेत रोग विरुद्ध खोप अभियान अन्तरगत १८ हजार पशुलाई खोप लगाएको छ । पशुमा लाग्ने खोरेत रोग अन्त्यका लागि इनरुवा नगरपालिकामा एक महिनाअघि सुरु गरेको खोरेत रोग विरुद्ध खोप अभियान अन्तरगत हालसम्ममा १८ हजार पशुमा खोप लगाएको छ । सुनसरीको इनरुवा नगरपालिकामा खोरेत रोग विरुद्ध १८ हजार पशुहरूमा खोप लगाएको इनरुवा नगरपालिका कार्यालय पशु विकास शाखा प्रमुख डा. राजकुमार यादवले जानकारी दिनुभएको छ ।
जिल्लाको १२ स्थानीय तह मध्ये इनरुवा नगरपालिकामा करिब २० हजार पशु (गाई र भैँसी) लाई खोप लगाउने लक्ष्य राखिएकोमा १८ हजार पशुमा १८ हजार डोज खोप लगाएको उहाँले जानकारी दिनुभयो ।
यसैबीच यादवका अनुसार बाख्रामा लाग्ने पीपीआर विरुद्धको खोप लगाएको छ । नगरपालिका क्षेत्रका आठ हजार बाख्रामा पीपीआर विरुद्धको खोप लगाएको हो । कोशी प्रदेश सरकारले खोरेत तथा पीपीआर मुक्त प्रदेश बनाई पशुजन्य बस्तु तथा पदार्थ निर्यातमा योगदान गर्ने उदेश्यका साथ खोरेत र पीपीआर विरुद्धको खोप लगाएको छ ।
प्रदेशमा खेरेत रोग नियन्त्रण आयोजना कार्यविधि बनाएर सबै पशु हाटबजारलाई सुरक्षीत पार्नका लागि अभियान थालेकाले सोही अनुसार गाईभैसीमा खोरेत विरुद्धको खोप र बाख्रामा पीपीआर विरुद्धको खोप लगाएको यादवले जानकारी दिनुभयो ।
पशु सेवा विकास शाखाले फागुन दोस्रो साताबाट सुरु गरेको खोप अभियान पशुको ओसारपसार बढी हुने र रोग फैलने इनरुवा र सोमबारे हाट क्षेत्रलाई बढी प्राथमिकता दिएर खोप सञ्चालन गरिएको थियो । बढी जोखिमयुक्त ठाउँमा छ÷छ महिना र अन्य ठाउँमा वर्षमा एक डोज खोप लगाइने गरिएको छ ।
इनरुवा सहित यहाँको सबै स्थानीय तहमा खोरेत रोग विरुद्धको खोप अभियान सञ्चालन गरिरहेको जनाएको छ ।


१, सुनसरीको इनरुवा नगरपालिकामा गाईभैसीलाई लाग्ने खोरेत रोग विरुद्ध खोप अभियान अन्तरगत रागालाई खोप लगाउर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा