जयकृष्ण यादव । इनरुवा
इनरुवा, चैत ११ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका १ बराहक्षेत्र मन्दिर परिसर भित्र नामथर वतन नखुलेको ३५ वर्षीय बेवारिसे मागिखाने पुरूषको शव फेला परेको छ । आईतबार बराहक्षेत्र मन्दिर परिसर भित्र नामथर वतन नखुलेको ३०÷३५ को बेवारिसे मागिखाने पुरूषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
स्थानीयका अनुसार मादक पदार्थ सेवन गर्ने गरेको र आईतबार सुतिरहेको अवस्थामा मृत फेला परेको हो । प्रहरी चौकी बराहक्षेका प्रहरी बरीष्ठ हबल्दार युवराज खत्रिका अनुसार ५ फिट ६ ईन्च उचाई भएको गहु गोरो वर्ण, कपाल कालो, मझौला शरिर भएको हेर्दा पहाडे मुलुक जस्तो देखीने पुरुषको शव फेला परेको हो । मृतकको छातिमा बालेनको ट्याटो रहेको, दाहिने हात्तमा ३ वटा बजारे बल्ला, घाटीँमा रूद्राक्षको माला, कालो ट्रयाक लाएको, बेवारिसे पुरूष शव फेला परेको प्रहरीले जनाएको छ ।