इनरुवा, चैत ११ गते । सुनसरीमा एसईई परीक्षामा मर्यादा विपरित चिट चोराउने तीन निरीक्षकलाई प्रहरीले पक्राउ गरेको छ । सुनसरीको ईनरुवा नगरपालिका १ स्थित भगवती माध्यमिक विधालय परिक्षा केन्द्रमा चिट चोराउने तीन जनालाई पक्राउ गरेको हो । प्रहरीका अनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्र, प्रहरी प्रमुख सुमनकुमार तिम्सिना लगायतको अनुगमन टोलीले उक्त परिक्षा केन्द्रमा अनुगमन गर्ने क्रममा चिट चोराउने तीनलाई पक्राउ गर्नुभएको हो । परीक्षामा निरीक्षकको रुपमा खटिनुभएका तीन शिकक्षले मोबाईल फोन प्रयोग गरि ह्वाटसप मार्फत विद्यार्थीहरुलाई चिट चोराईरहेको अबस्थामा फेला पारेकोले उनीहरुलाई नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले कोशी मा.वि.कोशी १ पश्चिमकुशाहाका शिक्षक इनरुवा ४ निवासी ३६ वर्षीय मुकेन्द्र यादव, भगवती मा.वि.ईनरुवाको शिक्षक ५४ वर्षिय रमानन्द यादव र वि.पि. आधारभुत बिद्यालयका शिक्षक ४८ वर्षीय दिनेश प्रसाद यादवलाई नियन्त्रणमा लिएको जनाएको छ ।