अग्नी पीडितलाई नगद राहत
जयकृष्ण यादव । इनरुवा
इनरुवा , चैत १३ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका ६ मा भएको आगलागीबाट पीडित भएका अग्नि पीडितलाई नगद राहत वितरण गरेको छ । नेपाल उराँव संघ केन्द्रिय समितिले भोक्राहा नरसिंह गाउँपालिका–६ हमुनाम चोकमा भएको आगलागीबाट पीडित भएका ६ अग्नी पीडित परिवारलाई नगद राहत वितरण गरेको हो ।
संविधान सभा सदस्य तथा नेपाल उराँव संघ केन्द्रिय कार्य समितिका केन्द्रिय अध्यक्ष सूर्यदेव दास उराँवको अध्यक्षतामा सुनसरीका ६ परिवार अग्नी पीडितलाई नगद राहत हस्तान्तरण गर्नुभएको हो । बुधबार भोक्राहा नर्सिङ ६ स्थित उराँव टोलमा बन्धु उराँव, बुधराम उराँव, गोपाल उराँव, कविता उराँव सावित्रि उराँव र मक्कीदेखी (सवो) उराँव लगायतको ६ परिवारलाई नजही पाँच हजार रुपियाँको दरले नगद राहत वितरण गरेको संघका महामन्त्री ध्यानी उराँवले जनाकारी दिनुभयो । यहाँ ६ परिवारको घरहरु पूर्णरूपमा जलेर नष्ट भएकाले संघले नगद राहत वितरण गरेको उहाँले जानकारी दिनुभयो । नगद राहत वितरण कार्यक्रममा भोक्राहा नरसिंह गाउँपालिकाका उपाध्यक्ष सुनिता कुमारी उराँव, संघका सुनसरी अध्यक्ष राजकुमार उराँव, संघका केन्द्रिय सदस्य माटो विज्ञ नुनुलाल उराँव, स्थानीय गणेश उराँव, विना उराँव, हिरा उराँव लगायतको उपस्थिती रहेको थियो ।


१, नेपाल उराँव संघ केन्द्रिय कार्य समितिले भोक्राहा नरसिंह गाउँपालिका–६ मा आगलागीबाट पीडित भएका ६ अग्नी पीडित परिवारलाई नगद राहत हस्तान्तरण गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
