नेपाल-भारत मैत्री संघका सदस्यहरूका लागि विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलसंग छुट सम्झौता
नेपाल-भारत मैत्री संघ, जिल्ला कार्यसमिति, सुनसरी, इनरुवाका सम्पूर्ण आजिवन सदस्यहरूका लागि विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल, बुढीगंगा गा.पा., मोरङ्गले केही छुटमा सेवा दिने सम्झौता गरेको छ । संघका आजिवन सदस्यले उपचारमा ५० प्रतिशत छुट पाउने भएको छ । छुट सेवा प्रदान गर्ने सम्बन्धी NIFA र विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटल वीच भएको सम्झौता बमोजिम विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलले NIFA का आजिवन सदस्य तथा तिनका परिवारजनलाई सुविधा तथा छुट उपलब्ध गराउनेछ । सम्झौतामा विराट मेडिकल कलेज टिचिङ्ग हस्पिटलका प्रमुख कार्यकारी अधिकृत ( CEO ), अस्पताल कोअर्डिनेटर सुनिल देव र नेपाल भारत मैत्री संघ सुनसरी शाखाका अध्यक्ष सन्तोष कुमार देव , उपाध्यक्ष गिरीराज अटल , सचिव रामकुमार मेहता , सह सचिव मनोज जैनकाे उपस्थितिमा छुट सुविधाका सेवाहरू बारेमा सम्झौता भएको छ ।
ओ.पि.डि. मा ५० प्रतिशत , ल्याप्रोस्कोपीमा १० प्रतिशत , स्पेशल ल्याव १०,आई.सि.यु./आई.सि.यु./पि.आई.सि.यु.,१०, रुटिन ल्याव १५, भेन्टिलेटर १०, यु.एस.जी./ई.सि.जी.१५, फार्मेसी ५, सि.टी./एस.आर.आई/एक्सरे १०
, जनरल वेड ५,ओपन ओ.टि.१५ प्रतिशत छुट दिने सम्झौता भएको छ । INFA ले प्रदान गरेको आजिवन सदस्यको परिचय पत्र र परिवारजनका लागि सम्बन्धित प्रमाणहरु अनिवार्य रुपमा साथमा ल्याउनुपर्ने ,यी सम्झौता अवधी मिति २०८१ साल चैत्र १५ गते देखी २०८२ चैत्र १५ गते सम्म रहने छ रआकस्मिक अवस्थामा जानकारी तथा सहयोगको आवश्यक्ता परेमा हस्पिटल कर्मचारी सँग सम्पर्क गर्ने मोवाइल नम्बरः कामेश्वर पंडित ९८०२७५०३८८ रहेको नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति सुनसरीका अध्यक्ष सन्तोष देवले जानकारी दिनुभयो । इ
