शैक्षिक गुणस्तर सुधारमा जोड

इनरुवा , चैत १४ गते । सुनसरीको कोशी गाउँपालिकाका सरोकारबालाहरले शैक्षिक गुणस्तर सुधारमा जोड दिएका छन् । विहीबार सामाजिक परिवर्तन केन्द्र काठमाण्डौंको आयोजना तथा कोशी गाउँपालिका वडा नं. ६ श्रीपुरको समन्वयमा भएको सरोकारबाला बिच शैक्षिक गुणस्तरीयताको सवाल विषयक संवाद कार्यक्रममा सहभागीहरुले देशको मेरुदण्डको रुपमा रहेको शिक्षा र शैक्षिक गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिएका हुन् ।
वडा तहका विभिन्न राजनीतिक दल, जनप्रतिनिधिहरु, प्राधानाध्यापक, शिक्षक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थितिमा भएको संवादमा विद्यालयलाई नियमित सञ्चालन गर्नुपर्ने, शिक्षक र विधार्थी नियमित हुनुपर्ने, खाजा, पुस्तक, छात्रवृति समेत समयमा वितरण गर्नुपर्ने र शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्नेमा जोड दिएका हुन् । कार्यक्रममा श्री राष्टिय माध्यमिक विद्यालयका प्राधानाध्यापक जयप्रकाश यादवले शैक्षिक सत्र २०८२ का लागि समयमा विद्यालय भर्ना तथा विद्यालय विचमा छोडेका विद्यार्थीहरूलाई विद्यालय ल्याउन घरदैलो गर्ने, बैसाखको पहिलो हप्ता समयमा पाठ्यपुस्तक वितरण गर्ने, छात्रवृत्ति र अतिरिक्त कार्यक्रमहरु शैक्षिक क्यालेण्ड अनुसार नियमित गर्ने, शैक्षिक सत्रको कक्षा संचालन र परीक्षा नियमित समयमा गर्ने बताउनुभयो । उहाँले विद्यालयमा मावि तहको दरबन्दी अभाव, विधार्थी नियमित नहुने, अभिभावकले अनुगमन नगर्ने भएकाले समस्या भएको बताउनुभयो ।
उहाँले अभिभावक भेला तथा कक्षागत अभिभावका भेला बोलाउने र त्यसमा भेला बेलाउन समिति तथा स्थानीयहरुले सहयोग गर्नुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादवले आफू सहित अभिभावकहरूले आ–आफ्नो विद्यार्थी बालबालिका नियमित विद्यालय पाठाउने, बेलाबखतमा अनुगमन पनि गर्ने प्रतिवद्धता जनाउनुभयो ।
अध्यक्ष यादवले विद्यालयको आर्थिक आयव्यय तथा सामाजिक परीक्षण, लेखा परीक्षण प्रतिवेदन अभिभावकको विचमा सार्वजनिक गर्ने बताउनुभयो ।
शिक्षक सुरेश मरवैताले आफू सहित शिक्षकहरू नियमित कक्षामा. उपस्थित हुेन र विधार्थीलाई घण्टीभरी पढाउने, विषयगत गृहकार्य दिने र दिन प्रेरित गर्ने प्रतिवद्धता जनाउनुभयो ।
विद्यालयमा विधार्थी र शिक्षक नियमित गर्न पहल गर्ने, कक्षा छाडेकाहरुलाई सकृय पार्ने, विद्यालयले आमा समूह गठन गर्ने वडा अध्यक्ष जडिलाल कोडोकियाले बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका नेता मनटुन यादवले शिक्षक, प्रअ र विधार्थी नियमित हुनुपर्नेमा जोड दिनुहुदै शैक्षिक कार्य सबै पारदर्शी हुनुप




र्ने बताउनुभयो ।
नेकपा माओवादी केन्द्रका अनिल महत्मानले शिक्षा सुधारका लागि जिम्मेबार व्यक्तिहरुले जवाफदेही भएर काम गर्नुपर्ने बताउनुभयो । उहाँले राम्रो कामका लागि सबै हातेमालो गर्न सकेको खण्डमा मात्रै शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
अभिभावक सुगनी सदाले शिक्षकहरुले नपढाएका कारणले मुसहर बस्तीका अधिकाशं बालबाकिलाहरु विचैमा पढाई छाडेकाले उनीहरुलाई पनि नियमित गर्नुपर्ने बताउनुभयो । अर्का सहभागी नथु यादवले पढाई नराम्रो भएकाले शैक्षिक गुणस्तरमा असर भएको गुनासो गर्नुभयो ।
राप्रपाका नेता श्याम मेहताले बार्षिक रुपमा अभिभावक भेला गर्नुपर्ने, नियमित नभएको विधार्थीलाई नियमित पार्नुपर्ने र गृहकार्य दिनुपर्ने बताउनुभयो ।
विद्यालय व्यवस्थापन समिति सदस्य भुटकुन सदाले विधार्थी, शिक्षक र प्रअ नियमित हुनुपर्नेमा जोड दिनुहुदै शैक्षिक गतिविधि सुधार हुन जरुरी रहेको बताउनुभयो ।
स्थानीय काजल मेहताले महिला सशक्तिकरण गरेर शैक्षिक गुणस्तरमा सुधार गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विधार्थी र विद्यालयसंग जोड्न आमा समूह बनाएर परिचालन गर्नुपर्ने बताउनुभयो ।
अभिभावक शोभा खंगले कक्षा ८ पढ्ने विधर्थाीलाई नाम शुद्ध लेख्न नआएको र नेपाली बोल्न समेत नआएको गुनासो गर्नुभयो । कार्यक्रममा संवाद सहजकर्ता जयकृष्ण यादवले सहजिकरण गरेको सामाजिक परिवर्तन केन्द्र सुनसरी संयोजक रमेश भट्टराईले जनाकारी दिनुभयो ।
स्थानीय समाजसेवी श्यामनारायण खेरवारले सबै पक्षको सहकार्य विना शैक्षिक गुणस्तर कायम हुन नसकने बताउनुभयो । उहाँले दरबन्दी अनुसारको शिक्षक, विधार्थी अनुपातमा भौतिक पूर्वाधार, विषयगत शिक्षकको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उमानन्द शर्मा, ताराचन्द महत्मान, सुनितादेवी सदा, रजिंत यादव, राजेन्द्र यादव सहित ३५ जना सरोकारबालाहरुको उपस्थिती रहेको थियो ।

१, सुनसरीको कोशीमा आयोजित शैक्षिक गुणस्तरीयताको सवाल विषयक संवाद कार्यक्रमका सहभागीहरु ।
तस्विर ः