अनिल श्रेष्ठ । इनरुवा
इनरुवा, चैत १६ गते । सुनसरीको इनरुवामा एम.एम. कप फाउण्डेशनले गोरखापत्र दैनिकका इनरुवा समाचारदाता जयकृष्ण यादव सहित तीन जना पत्रकारलाई सम्मान गरेको छ । एम एम कप फाउन्डेसनद्वारा गोरखापकर्मी यादव सहित पत्रकार अर्जुन सुवेदी र शशी कोईराला सम्मानित हुनुभएको हो । सुनसरीको इनरुवामा २१ वर्षदेखि पत्रकारिता गर्दै आउनुभएको र खेलकुद तथा समाज विकासमा पत्रकारिताको माध्यमबाट योगदान गरेको भन्दै पत्रकार यादवलाई सम्मानित गरेको हो । पत्रकार यादवलाई एम एम कप फाउण्डेशन, केन्द्रिय कार्यालयका अध्यक्ष विप्लव घोष तथा प्रमुख अथिति पुर्व मुख्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य भिमप्रसाद आचार्यले सम्मान पत्र र दोसल्ला सहित सम्मान गर्नुभयो ।


कार्यक्रमको प्रमुख आथिति आचार्यले एम.एम.कप फाउण्डेशनले खेलकुद र खेलाडी उत्पादनमा महत्वपूर्ण योगदान गर्नुका साथै समाजमा उत्कृष्ट काम गर्ने विभिन्न विधाका व्यक्तिहरुलाई सम्मान गरेकोमा प्रसंसा गर्नुभयो । “जहाँ क्रिकेट बॉच्छ, त्यहाँ हामी छौ।” भन्ने मुल नारा सहित विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै सम्मान गर्दै एम.एम. कप फाउण्डेशनको सम्मान कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा साहित्यकार शशी बजगाई, जिवनाथ पोखरेल सहितलाई एम.एम. कप फाउण्डेशनको सम्मान कार्यक्रममा सम्मान गरेको जनाएको छ ।

कार्यक्रममा नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजिव कोईरालाले युवाहरुलाई खेलकुदमा डोर्याउन र नयाँ खेलाडी उत्पादन गर्न तथा इनरुवालाई चिनाउने काममा एम.एम.कप फाउण्डेशनको योगदान गरेको चर्चा गर्नुभयो । उहाँले सम्मान कार्यक्रममा विभिन्न विधामा सम्मानित हुनुभएकाहरुलाई बधाई समेत दिनुभयो ।
सम्पन्न भएको कार्यक्रम एम एम कप फाउण्डेशन, केन्द्रिय कार्यालयका अध्यक्ष विप्लव घोषको अध्यक्षता तथा पुर्व मुख्य मन्त्री एवं प्रतिनिधि सभा सदस्य भिमप्रसाद आचार्यको प्रमुख आथित्यता रहेको एम.एम.कप फाउण्डेशनले जनाएको छ ।
सम्मान कार्यक्रममा इनरुवाका पुर्व नगर प्रमुख खेमराज पोखरेलले मनमोहन कप फाउन्डेसनले इनरुवालाई देशव्यापी खेलको माध्यमबाट चिनाउन योगदान गरेको बताउनुभयो । उहाँले लुकेको प्रतिभा र खेलमा योगदान गर्नेहरुलाई सम्मान गर्नु उतम कार्य भएको बताउनुभयो । हाजि ईसराईल मन्सुरी, निरा खनाल , रामप्रसाद मेहता सहितको उपस्थिति रहेको थियो । वक्ताहरुले सामाजिक सेवामा लागेकालाई सम्मान गर्नुपर्नेमा जोड दिनुभयो । इनरुवा ३ का वडा अध्यक्ष रमेशकुमार श्रेष्ठ, ७ का वडा अध्यक्ष अशोककुमार साहु तेली सहितको उपस्थिति रहेको

थियो । सयौं सर्वसाधारण, खेलाडी तथा सम्मानित व्यक्तिहरुको उपस्थिति रहेको थियो । यसैबीच मृगौला पिडित पुष्प श्रेष्ठको परिवारलाई उपचार सहयोग वापत २५ हजार रुपियाँ प्रदान गरेको छ । सामाजिक उतरदायित्व अन्तरगत नगद सहयोग गरेको फउन्डेन्सनका सचिव चेतनाथ पौडेलले जानकारी दिनुभयो । कार्यक्रममा इनरुवा नगर प्रमुख केदार भण्डारीले इनरुवाका खेलकुदको विकास तथा इनरुवाका धरोहरलाई सम्मानित गरेकोमा फाउन्डेसनको प्रसंसा गर्नुभयो । उहाँले देशमा गणतन्त्रको ठूलो लाभ नागरिकले लिएको बताउनुहुदै विकासको पूर्वाधार, शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विधुत, खानेपानीमा निकै अगाडि बढेको बताउनुभयो । यसैबीच कार्यक्रममा इनरुवा क्षेत्रमा विभिन्न विधाका व्यक्तिलाई सम्मान गरेको छ । कार्यक्रममा पुर्व वडा अध्यक्ष कालुराम गुरुङ र इनरुवाका उपप्रमुख विनिता मेहताले खेलकुदको माध्यमबाट पहिचान स्थापित गर्नुपर्ने बताउनुभयो ।

सम्मानित पत्रकारको परिचय ः


नाम ःजयकृष्ण यादव (सहयोगी)
वुबा ः जसलाल यादव
आमा ः भोलादेवी यादव
जन्म ः २०४१ माघ २५ गते

शिक्षा ः एमएड (स्नातकोत्तर )
पत्रकारितामा कार्य अनुभव ः २१ वर्ष
सुनसरी जिल्लाको सदरमुकाम इनरुवाका एक प्रतिष्ठित पत्रकार हुनुहुन्छ। उहाँले इनरुवा क्षेत्रमा साहित्य, कला, र पहिचानको संरक्षण तथा प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनु भएको छ । गोरखापत्र दैनिकका इनरुवा समाचारदाता रहनुभएका यादव सत्य संसार , जजन्युज अनलाइनका सञ्चालक हुनुहुन्छ । पत्रकारिता क्षेत्रमा उहाँको सक्रिय योगदानको कदर गर्दै नेपाल सरकारले २०६९ र २०७२ सालमा क्षेत्रिय शिक्षा पत्रकारिता पुरस्कार सहित सम्मानित व्यक्ति हुनुहुन्छ । उहाँले विभिन्न क्षेत्रमा पत्रकारिताका माध्यमबाट गर्नुपर्नेको योगदानको कदर गर्दै विभिन्न निकायले १०९ वटा पुरस्कार तथा सम्मानबाट सम्मानित गरिएको छ । नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारको ५० हजार रासि सहितको विभिन्न पुरस्कार र सम्मानबाट सम्मानित यादव साहित्य क्षेत्रमा पनि सकृय हुनुहुन्छ ।
सुनसरीको सदरमुकाम इनरुवाका पत्रकार यादवले पत्रकारिता क्षेत्रमा उल्लेखनीय योगदान गर्नुभएको । उहाँले नेपाली पत्रकारिता क्षेत्रमा आफ्नो कामको लागि प्रसिद्ध हुनहुन्छ । उहाँका समाचार र रिपोर्टहरूले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत पुर्याएको छ । उहाँले खासगरी सामाजिक, सांस्कृतिक, साहित्य र राजनीतिक मुद्दामा गहिरो विश्लेषण गर्दै जनचेतना फैलाउने समाचारहरु प्रकाशन गर्नुहुन्छ । डेढ दशकसम्म रेडियोमा काम गर्नुभएका यादवको पत्रिकामा खेल तथा समाचार लेखनीमा प्रामाणिकता र सत्यनिष्ठता प्रकट भएको छ, र यसले उहाँलाई पाठक वर्गमा विश्वसनीयता प्राप्त गराएको छ । साथै, उहाँले विभिन्न समाजिक मुद्दाहरूमा आफ्ना लेख र रिपोर्टहरू प्रकाशित गरेर जनता बीचमा जागरूकता ल्याउनुभएको छ । हालसम्म कुल मिलाएर १० हजार भन्दा बढी समाचार लेख्नुभएको यादवले पत्रकारिता मार्फत समाजको जागरूकता र सूचना प्रवाहमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ ।

१, सुनसरीको इनरुवा नगरपालिकामा सनिबार पत्रकार जयकृष्ण यादवलाई एम एम कप फाउण्डेशन, केन्द्रिय कार्यालयका अध्यक्ष विप्लव घोष तथा प्रमुख अथिति पुर्व मुख्यमन्त्री एवं प्रतिनिधि सभा सदस्य भिमप्रसाद आचार्यले सम्मान पत्र र दोसल्ला सहित सम्मान गर्नुहुदै ।सौजन्य तस्विर ः अनिल श्रेष्ठ । इनरुवा