तेस्रो इनरुवा रनमा एक हजार धावक एकैपटक दौड्यो, महिलामा पुष्पा शर्मा र पुरुपमा सुरज लिम्बु प्रथम

जयकृष्ण यादव । इनरुवा
इनरुवा, चैत १६ गते । सुनसरी सदरमुकाम इनरुवामा तेस्रो इनरुवा रनमा सनिबार एक हजार धावकले एकैपटक दौडेका छन् । खुल्लामा ६ किलोमिटर र १२ वर्ष मुनी, १६ वर्ष मुनिका लागि तीन किलोमिटर दुरीको इनरुवा रन सम्पन्न भएको हो । सम्पन्न भएको खुल्ला दौडमा महिला तर्फ पाँचथरकी पुष्पा लिम्बु र पुरुष तर्फ तेह्रथुमका सुरज लिम्बु प्रथम हुनुभएको छ ।
त्यसैगरी खुल्ला दौडमा महिला तर्फ उदयपुरकी मिमता तामागं द्धितिय, खोटागंकी दिपा बस्नेत तृतिय हुनुभयो भने पुरुष तर्फ स्यागंजाका धनु मानन्धर दितिय र ताप्लेजुंगका अमिर लिम्बु ततिय हुनुभएको छ ।
तीन वर्षदेखी लागातार हुदै आएको इनरुवा रनको तेस्रो संस्कारणमा एकै पटकमा एक हजार बढी धावकहरूको सहभागिता रहेकोमा भेटेराम १६ वर्ष मुनी तर्फ पुरुषमा अभिनारायण अधिकारी प्रमथm विजयकुमार राई दितिय, मंगल तामागं तृतिय हुनुभएको छ । त्यसैगी महिला तर्फ जमुना लिम्बु प्रथम, कुसुम लिम्बु दितिय र गिता कोईराला तृतिय हुनुभएको छ ।
इनरुवा नगरपालिकाको सहयोग तथा इनरुवा इभेन्ट म्यानेजमेन्ट आयोजनामा सम्पन्न भएको तेस्रो इनरुवा रन इनरुवा–२ स्थित शान्ती चौक देखि इनरुवा–१ गोलचौक, जिसस रोड, अदालत रोड हुदै सखुवागाछी हुदै पुनः शान्ती चौकसम्म ६ किलोमिटरको दौड प्रतियोगिता गरिएको हो ।
उक्त रनमा इनरुवा मात्रै सहभागीबाट महिला तर्फ लिलम यादव प्रथम गणपतीकुमार साह द्वितीय, लक्ष्मीकुमारी उराँव तृतीय स्थान प्राप्त गर्न सफल हुनुभयो । सोही दौड प्रतियोगितामा पुरुष तर्फ अमर यादव प्रथम, अमोद कुमार खत्वे द्धितिय र आदित्य उराँव तृतिय हुनुभएको आयोजक इनरुवा इभेन्ट म्यानेजमेन्टका अध्यक्ष सञ्जय मेहताले जानकारी दिनुभयो ।
प्रतियोगिताका प्रथमलाई नगद २० हजार रुपियाँ, प्रमाण पत्र र मेडल प्रदान गरेको थियो ।
सोही दौडमा १२ वर्ष मुनीको महिला तर्फ रेश्मा दर्जी प्रथम, करुणा खत्वे द्धितिय र आयुस्मा बस्नेत तृतिय हुनुभएको छ । पुरुष तर्फ सोलित राई प्रथम, साहिल देवान द्धितिय र विराज चौधरी तृतिय हुनुभएको छ ।
इनरुवा नगर प्रमुख केदार भण्डारीले इनरुवाको पहिचान र खेलकुदको विकास, शारीरिक तथा मानसिक विकासका लागि आफूले तेस्रो पटक इनरुवा दौड प्रतियोगिताको आयोजना गरेको र एक हजार बढी धावकहरू सहभागी भएकोमा खुसी व्यक्त गर्नुभयो ।
त्यसैगरी नेपाली काग्रेंसका केन्द्रिय सदस्य राजिव कोईरालाले उपाधि सहित पहिलो, दोस्रो र तेस्रो सहित पुरस्कृत ३० भित्र पर्न सफल भएकाहरूलाई बधाई सहित शुभकामना व्यक्त गर्नुभयो ।
प्रतियोगीहरूलाई हौसला प्रदान गर्नका लागि इनरुवा नगरपालिकाका उपप्रमुख विनिता मेहता, नेपाली काग्रेंसका केन्द्रीय सदस्य राजीव कोइराला, जसपाका नेता दिलिपचन्द साहु , इनरुवा नगरपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

१, सुनसरीको इनरुवामा सम्पन्न भएको खुल्ला दौडमा महिला तर्फ पाँचथरकी पुष्पा लिम्बु र पुरुष तर्फ तेह्रथुमका सुरज लिम्बु प्रथमलाई पुरस्कार वितरण गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा