जयकृष्ण यादव । इनरुवा

इनरुवा, चैत २२ गते । सुनसरीको इनरुवामा कोशी प्रदेश स्तरीय नेत्रहीनहरुको बिचमा प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको छ । इनरुवाको सुनसरी बहुमुखी क्याम्पस खेल मैदानमा कोशी नेत्रहिन क्रिकेट संघको आयोजना तथा सामाजिक विकास मन्त्रालय कोशीको सहयोगमा कोशी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता सम्पन्न भएको हो ।

शुक्रबार सम्पन्न भएको फाईनल खेलमा सुनसरीलाई ७३ रनले पराजित गर्दै मोरगंले उपाधी चुमेको हो । मोरंगले २० ओभरमा २१६ रनको लक्ष्य दिएकोमा सुनसरीले १४४ रन मात्रै बनाएको थियो ।

मोरंगले ७३ रनको फराकिलो अन्तरमा सुनसरीलाई पराजित गर्दै उपाधी चुमेको आयोजक कोशी नेत्रहिन क्रिकेट संघका अध्यक्ष बैजनाथ मेहताले जानकारी दिनुभयो । प्रतियोगितामा उपाधी चुम्दै मोरगंले नगद ४४ हजार रुपियाँ, सिल्ड र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता बनेको सुनसरीले ३४ हजार रुपियाँ रासिको पुरस्कारमा चित बुझाएको छ । विजेता र उपविजेता टिमलाई कार्यक्रमका प्रमुख अतिथिसामाजिक विकास मन्त्रालय कोशीका निमित सचिव दामोदर फुयालले पुरस्कार तथा सिल्ड प्रदान गर्नुभयो । समापन कार्यक्रममा अतिथिहरु नेपाल खेलकुद महासंघका केन्द्रिय सचिव बिपल्प घोष, क्याम्पस प्रमुख रमेश मण्डल, पत्रकार जयकृष्ण यादव, जनप्रतिनिधि दिलकुमारी बस्नेत, प्रध्यापक लिला अपागाई, रमान्दन मेहता, मनिषा उराँव सहितले विजेता तथा उपविजेताटिमलाई बधाई दिनुभएको थियो ।


खेलमा पहिलो दिनको म्यान अफ दि म्याच भएका प्रतिक दर्जी, दोस्रो दिनको जिवन जिमी, तेस्रो दिनको महेश रानपाल र फाईनलका म्यान अफ दि म्याच प्रतिक दर्जी र म्यान अफ दि सिरिज प्रतिक दर्जीलाई नगद सहित पुरस्कृत गरेको जनाएको छ ।
चार दिनसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा नेत्रहीन क्रिकेट खेलाडीले खेल प्रदर्शन गरेको छ । सुनसरी, मोरगं र पाँचथर सहितको तीन जिल्लाका नेत्रहीन खेलाडीले क्रिकेट प्रतियोगितामा सहभागीता जनाएको थियो ।


१, सुनसरीको इनरुवामा सम्पन्न भएको कोशी प्रदेश स्तरीय क्रिकेट प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गर्दै । तस्बिरः जयकृष्ण यादव । इनरुवाhttps://www.youtube.com/watch?v=S_xDmelz5DU