जयकृष्ण यादव । इनरुवा
इनरुवा, वैशाख १६ गते । सुनसरीको कोशी गाउँपालिकामा विगत २५ वर्षदेखी लाग्दै आएको दौउडा मेला यसवर्षपनि लगाउने तयारी भएको छ । स्थानीय उराँव समुदायको अगुवाईमा ऐतिहासिक कला , संस्कृति र संस्कारका धनी उराँवहरुको मौलिक दौउडा मेलाको तयारी पुरा भएको छ । स्थानीयहरुको अगुवाई तथा नेपाल झांगड (उराँव) युवा मोर्चाको आयोजनामा मेलाको तयारी पुरा भएको हो । कुडख भाषा साँस्कृती उत्थान मञ्च केन्द्रिय कार्य समिति कोशी गाउँपालिका ३ पश्चिम कुशाहा, सुनसरीले पत्रकार सम्मेलन गरि श्री राजाजी डौडा देवी थानमा परापूर्वकाल देखी नै प्रत्येक वर्ष वैशाख १७ गतेका दिन लाग्दै आएको मौलिक दौउडा मेलाको तयारी पुरा भएको हो ।
झाँगड उराँव आदिवासी समुदायहरुको आफ्नो धर्म संस्कार संस्कृति र पहिचान अनुसार डौउडा मेला लगाउँदै आएको उराँवहरुको संरक्षण अगुवा विर्षुलाल उराँवले जनाकारी दिनुभयो । मंगलबार पत्रकार सम्मेलनमा दिएको जानकारी दिनुभयो बुधबार आयोजना गर्न लागेको २५ औं वार्षिक डौउडा मेला तथा महोत्सवमा उराँव सांस्कृतिक, पहिचान सँस्कृति कार्यक्रममा विभिन्न कला, कौसलको प्रदर्शन गर्ने जनाएको छ ।

उता दौउडा मेला तदर्थ समिति समेत बनाएको छ । महन्थी उराँवको अध्यक्षतामा सात सदस्य दौउडा मेला तदर्थ समिति समेत बनाएको छ । समिति उपाध्यक्षमा जोगेन्द्र उराँव, सचिवमा रमेश उराँव, कोषाध्यक्षमा तेज नारायण उराँव र सदस्हयरुमा शिव नारायण उराँव, सुनिल उराँव र श्रवण उराँव रहनुभएको नेपाल झागड उराँव युवा मोर्चा कोशी –३, सुनसरीका अध्यक्ष देवनारायण उराँवले जानकारी दिनुभयो ।


१, सुनसरीको कोशी ३ पश्चिम कुशाहामा २५ औं वार्षिक डौउडा मेला तथा महोत्सवको बारेमा जानकारी दिन आयोजिन पत्रकार सम्मेलन ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा